+
+

महिला एसिया कपमा नेपालको खराब सुरुवात, पाकिस्तानसँग ९ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते १५:०९

nepali-women-cricket-team

११ मंसिर, काठमाडौं । महिला एसिया कप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

बैंककमा नेपालले प्रस्तुत गरेको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले मात्र १० ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निकै खराब प्रदर्शन गर्‍यो र १८.१ ओभरमा ४७ रनमा अलआउट भयो ।

नेपालका लागि रुविना क्षेत्रीले ११ रन बनाइन् भने अन्य ब्याट्सवुमनले दोहोरो अंक समेत जोड्न सकेन । ज्याति पाण्डे र इन्दु बर्माले ८/८ रन बनाइन् भने करुण भण्डारीले ६ र निरा राजोपाध्यायले २ रन बनाइन् ।

काजोल श्रेष्ठ र सरिता मगर १/१ रनमा आउट हुँदा तीन ब्याट्सवुमनले खाता नै खोल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?