Comments Add Comment

भारतलाई पछि पार्दै पाकिस्तानले राख्यो दुनियाँकै अग्लो ठाउँमा एटिएम मेसिन

world-highest-atm-pakistan

अहिलेसम्मकै सबैभन्दा उचाइमा बैंक एटिएम मेसिन राखेर पाकिस्तानले विश्वकीर्तिमान कायम गरेको छ । नेसनल बैंक अफ पाकिस्तानले खुन्जेराब पासस्थित १५ हजार ३९७ फिट उचाइको क्षेत्रमा बैंकको एटिएम स्थापना गरेको हो ।

पाकिस्तानको चीनसँगको उत्तरी सीमाक्षेत्रमा पर्ने काराकोरम पर्वतीय क्षेत्रस्थित निकै रणनीतिक महत्वयुक्त ठाउँमा एटिएम मेसिन राखिएको हो ।

यो एटिएम दिउँसोको समयमा मात्र चल्नेछ र जेनेरेटरबाट विद्युत उत्पादन गरेर चलाइनेछ । शून्य डिग्री भनदा पनि कम तापक्रममासमेत यो मेसिनले काम गर्न सकोस् भनेर यसको उच्च हेरचाह गरिनेछ ।

सन् २००७ मा भारतको एक निजी बैकले नाथुला पासस्थित कुपुपको १४ हजार ३ सय फिटमा एटिएम मेसिन स्थापना गरेर दुनियाँकै अग्लो ठाउँको एटिएम मेसिनको कीर्तिमान राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment