+
+

२ दिनमा ‘पुरानो डुङ्गा’को व्यापार आक्रामक, प्रतिक्रिया भने यस्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १२ गते १५:१२

dayahang and priyanka
शुक्रबारबाट देशभरका ६० पर्दामा रिलिज भएको चलचित्र ‘पुरानो डुङ्गा’को व्यापार सुखद देखिएको छ । ‘नीर जहिले रिसाउने’ बोलका कारण पनि चलचित्रको इनिसियल व्यापारमा सहयोग मिलेको हो ।

निर्माणपक्षले दिएको जानकारी अनुसार काठमाण्डौका पर्दाबाट २ दिनमा चलचित्रले १ करोड ग्रस कलेक्शन गरेको छ । काठमाण्डौ बाहिर भने २ दिनमा ५० लाखको व्यापार भएको दाबी निर्माणपक्षको छ ।

शुक्रबार र शनिबार यो चलचित्र हेर्न मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको चाप उच्च देखिएको थियो । निर्माता मणिराम पोखरेलले चलचित्रको व्यापार डेढ करोडको हारहारीमा भएको जानकारी दिएका छन् ।

‘कबड्डी र कबड्डी कबड्डी’ निर्देशन गरेका निर्देशक रामबाबु गुरुङले चलचित्र हेरेपछि दर्शकले दिने हरेक प्रतिक्रिया स्विकार गर्ने बताएका छन् । दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रलाई दर्शक र समिक्षले मिश्रति प्रतिक्रिया दिइरहेका छन् ।

२ दिनको इनिसियल व्यापार उच्च भएपनि आजदेखिको व्यापार भने चलचित्रको स्तरियताका आधारमा हुनेछ ।

दर्शकले ‘कबड्डी र कबड्डी कबड्डी’ भन्दा यो चलचित्र कमजोर भएको प्रतिक्रिया दिएका छन् भने धेरैले रामबाबुले झुक्याएको समेत बताएका छन् । केहि दर्शकले भने चलचित्रलाई राम्रो भनेका छन् ।

चलचित्र लामो समयसम्म चल्नका लागि वर्ड अफ माउथको साहारा नै मुख्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?