Comments Add Comment

अक्षय र रजनीकान्तको चलचित्रको बजेट ३५० करोड

rajini
बलिउडमा सय करोड माथिको बजेटमा चलचित्र बनाउँदा लगानी नउठ्ने संभावना धेरै छ । यस बर्षको तिहारमा १ सय करोड माथिको बजेटमा तयार भएको चलचित्र ‘शिवाय’ले लगानी उठाउन सकेन । सुपरस्टारका चलचित्रले पनि सय करोड माथिको बजेटमा लगानी उठाउन मुश्किल परिरहेको छ ।

तर, साउथका सुपरस्टार रजनीकान्तलाई लिएर भने महंगो बजेटमा चलचित्र बनिरहेका छन् । आउँदो तिहारमा रिलिज हुन लागेको चलचित्र ‘२.०’का लागि यसका निर्माताले ३५० करोड लगानी गरेको सुन्दा तपाई नै अचम्ममा पर्नु हुन्छ ।

साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमारलाई लिएर तयार भएको यो चलचित्रको बजेट ३५० करोड बताइएको छ । यो बजेटले बलिउड निर्माताहरुको होस उडेको छ । यसअघि निर्माण भएको ‘रोबट’ पनि महंगो बजेटमै बनेको थियो । तर, यसपटक बलिउडका महंगा नायक अक्षय कुमार जोडिएकाले पनि चलचित्रको बजेट अझ बढेको हो ।

एउटा चलचित्रका लागि ४५ करोडसम्म लिने अक्षयले यसमा पनि महंगो पारिश्रमिक लिएका छन् । उनी यो चलचित्रमा भिलेनको रुपमा देखिएका छन् । चलचित्रमा समावेश स्टन्ट दृश्यका लागि अन्तररािष्ट्रय स्तरका एक्सन डिरेक्टरलाई ल्याइएको छ । चलचित्रको क्लाइमेक्समा रजनीकान्त र अक्षयविचको एक्सन खिच्न मात्र २० करोड खर्च गरिएको भारतीय मिडियाको दाबी छ ।

अक्षयको मेकअपका लागि ४ घन्टा र त्यसलाई निकाल्नका लागि १ घन्टा लाग्दथ्यो । यसका लागि ४ करोड खर्च भएको छ । उनको मेकअप हलिउड मेकअप आर्टिस्ट सीन फुटले गरेका छन् । चलचित्रको प्रमोशनका लागि ४० करोडको बजेट छुट्याइएको छ । यसैले पनि चलचित्रको बजेट ३५० करोड पुगेको छ । चलचित्रका लागि एड्भान्स भीएफएक्सको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment