+
+

अक्षयको स्मोकिङको कमेन्टमा आमिरले दिए यस्तो प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते १५:४८

aamir-akshya-and-salman
केहि दिन अगाडि एउटा रियालिटी शोमा पुगेका नायक अक्षय कुमारले स्मोकिङको लत नछाडेको खण्डमा बलिउडका ३ खान साहरुख, सलमान र आमिरको करिअर अगाडि नजाने बताएका थिए । उनले, यी ३ खानले स्मोकिङको लत नछाडेको खण्डमा अबको सुपरस्टार आफू मात्र हुने टिप्पणी गरेका थिए । यो टिप्पणीमा अहिलेसम्म कुनै पनि खानले प्रतिक्रिया जनाएका थिएनन् ।

नायक आमिर खानले अक्षयको यो भनाइमा टिप्पणी गरेका छन् । उनले भनेका छन्-‘चुरोट पिउँदा अभिनय कमजोर हुने भन्ने त होइन, तर स्टामिना भने घट्छ ।’
उनले स्मोकिङले स्वास्थ्य खराव हुने बताउँदै भने-‘म पनि चुरोट छाड्ने प्रयासमा छु ।’ आमिरले चलचित्र रिलिजको समयमा आफूले धेरै चुरोट तान्ने बताएका छन् । चलचित्र रिलिजको समयमा आफूलाई तनाव धेरै हुने भन्दै उनले चुरोट तान्ने गरेको सुनाए ।

तर, आमिरले चुरोटकै कारण आफूहरुको करिअर सकिएर नायक अक्षय कुमार अगाडि जान्छन् भन्ने बिषयमा भने कुनै टिप्पणी गरेनन् । आमिरले, पत्रकारहरुसँग कुरा गर्दै आफूलाई नायक साहरुख खानसँग काम गर्न मन लागेको बताएका थिए । उनले आफू नायक सलमान खानलाई चलचित्र ‘दंगल’ देखाउन हतारिएको पनि बताएका छन् । यो चलचित्र डिसेम्बर २३ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?