Comments Add Comment

सडक नबनाई नयाँ शहर घोषणा नगर्न विज्ञको सुझाव

१४ मंसिर, काठमाडौं । विज्ञहरुले सडक निर्माण नगरी नयाँ शहर घोषणा नगर्न सरकारलाई सुझाव दिएका छन । नयाँ सहर विकास सम्बन्धि मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्वसचिव किशोर थापाले शहर निर्माणका लागि सडक पूर्वाधारको रुपमा हुनै पर्ने बताए ।

सहरी विकास मन्त्रालयले नयाँ शहर सम्बन्धि अवधारणा तय गर्दा जनसंख्याको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनको जोड छ । शहर निर्माणपछि गाउँ रित्तिदै जाने समस्या समाधानका लागि पनि सरकारले निगरानी राख्नुपर्ने उनले बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष जगदिशचन्द्र पोखरेलले जनताका आधारभूत आवश्यक्ता पूर्ति नभई नयाँ शहर घोेषणा गर्न नहुने बताए । गाउँको विकास नगरी सहरी विकासमा लाग्दा सहरमा जनसंख्या सम्बन्धि समस्या थपिने उनको तर्क छ ।

प्राध्यापक भीम सुवेदीले व्यापार र लगानीको दायरा फराकिलो हुने अवस्था नआएसम्म नयाँ शहर घोषणा गर्न नहुने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment