+
+
Shares

रणवीरविना फिल्म नै बनाउन नचाहने यी निर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १३:०७

ranbir-kapoor-hot
चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिपछि नायक रणवीर कपुरको माग बलिउड बजारमा फेरि ह्वात्तै बढेको छ । लगातार केहि चलचित्र असफल हुँदा, रणवीर कमजोर देखिएका थिए । तर, सय करोड माथिको कमाई गरेपछि उनी अभिनित लभ स्टोरी ड्रामाले निर्माताको गोजी मात्र भरिदिएन, रणवीरको करिअर पनि उठाइदियो ।

उनै रणवीरविना एक निर्देशकले चलचित्र नै नबनाउने बताएका छन् । निर्देशक संजय गुप्ताले रणवीर कपुरविना आफूले तयार पारेको एक कथामा चलचित्र नै नबन्ने बताएका हुन् ।

उनले भनेका छन्-‘विग्डे नवाव’ नाममा मैले कथा नै तयार पारेको छु । यो कथा मैले रणवीर कपुरकै लागि लेेखेको हुँ । यो कथामा अरु नायक त म सोच्न पनि सक्दिनँ ।’

रणवीरको ‘ए दिल हे मुश्किल’ हेरेपछि आफू निकै प्रभावित भएको उनले सुनाए । रणवीर, अहिले चलचित्र ‘ड्रागन’को तयारीमा व्यस्त छन् । के रणवीरले संजयको यो चलचित्रमा काम गर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?