Comments Add Comment

आइओएम डिन सिंहद्वारा राजीनामा

keshab-prasad-sing-dean१७ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् ।

डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले उनलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो ।

त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment