Comments Add Comment

सोसल मिडियामा भाइरल बन्दै अनौठो च्यालेन्जः युवतीहरु औँलाले लुकाउँदैछन् वक्षस्थल

one-finger-selfie-challengeसोसल मिडिया एकप्रकारले लडहवाजीको थलो हो । सोसल मिडियामा समय समयमा विभिन्न विषयहरु भाइरल बनिरहेका हुन्छन् ।

यसअघि सोसल मिडियामा चर्चित बनेका आइस बकेट च्यालेन्ज, ब्रेस्ट च्यालेन्ज तथा कण्डम च्यालेन्जका बारेमा त सुन्नुभएकै छ । अहिले फेरि अर्को एक अनौठो ट्रेण्ड सोसल मिडियामा भाइरल बन्दैछ ।

एक कार्टून पात्रको तस्वीरको सिको गर्दै एकजना जापानी महिलाले सोही प्रकारमा आफ्नो तस्वीर खिचेर सोसल मिडियामा पोस्ट गरेसँगै यो एकाएक ट्रेण्डिंग भएको हो । एक औँला अर्थात् वन फिंगर नामबाट सोसल मिडियामा उक्त च्यालेन्ज निकै लोकप्रिय बनिरहेको छ । यो च्यालेन्ज अन्तरगत महिलाहरुले निर्वस्त्र भएर आफ्नो एक औँलाले आफ्नो गोप्य अंग छोपेर सेल्फी लिन्छन् र सोही सेल्फी सोसल मिडियामा पोष्ट गर्छन् ।

selfi-onfingerअहिले महिलाहरुले औँलाले गोप्य अंग ढाकेर आफ्नो न्यूड सेल्फी सोसल मिडियामा अपलोड गर्ने ट्रेण्ड निकै मौलाएको छ । ऐनाको अगाडि बसेर यस्तो तस्वीर लिने गरिएको छ ।

जापानबाट सुरु भएको यो ट्रेण्ड अहिले विश्वव्यापी बनिसकेको छ । अहिलेसम्म हजारौँ महिलाहरुले आफ्नो टपलेस फोटो सोसल मिडियामा पोष्ट गरिसकेका छन् । महिलाको सिको गर्दै कतिपय पुरुषहरुले पनि यो च्यालेन्जमा भाग लिइरहेका छन् । वास्तवमा आफ्नो जवानी देखाउने उत्तम अवसरको रुपमा यो च्यालेन्जलाई उपयोग गरिरहेको देखिन्छ खासगरी पश्चिमा युवतीहरुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment