+
+

‘विश्व शान्ति नगर लुम्बिनी’ अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १९ गते १०:०४

SONY DSC

बेल्जियम ।  लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमको ब्रुस्सेल्स्मा  “विश्व शान्ति नगर लुम्बिनी, नेपाल नामक अन्तर्राष्ट्रिय सम्मेलन “सफलताका साथ सम्पन्न गरेको छ ।

२७ नोभेम्बरमा आयोजना गरिएको उक्त सम्मेलनमा अपेक्षित सहभागिता  हुन नसके पनि कार्यक्रम उपलब्धिमुलक भएको थियो ।

विश्व मन्चमा लुम्बिनीको प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनी विकास कोषको सहकार्यमा सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनमा बेल्जियमको पूर्व सिनेटर एवं संघीय संसदकी सांसद श्रीमती इल्स भ्यान हुफको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल सरकारका प्रतिनिधि, बेल्जियमस्थित नेपाली दूतावासका राजदूत लोकबहादुर थापा, युनेस्को बेनेलक्सका डायरेक्टर तथा ए ए आर कर्पोरेसन ग्लोबल एभियसन सेर्विसेजको अन्तर्राष्ट्रिय सप्लाई चेनका सभापति, दिपक शर्मा विशेष अतिथि रहेका थिए ।

सम्मेलनमा नेपाली दुतावास, बेल्जियम,  गैरआवासीय नेपाली संघ, बेल्जियम र बेल्जियम- नेपाल फ्रेण्डशिप एसोसिएसन लगायतका संस्था प्रायोजक रहेका थिए ।

सम्मेलनमा ब्रुसेस्ल्सस्थित माल्दिव्स दुतावासका प्रतिनिधिको सहभागिता रहेको थियो भने अल्बानिया, जापान, दक्षिण कोरिया, माल्टा, अल्जेरिया, अङ्गोला, मलेसिया, जर्मनी, अर्जेन्टिना, बोलिभिया लगायत विभिन्न कुटनीतिक नियोगहरुले पठाएका शुभकामना सन्देशहरुलाई कार्यक्रम संचालिका श्रीमती शुश्माश्री थापाले जानकारी दिइन् ।

यस अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिखेल र उपप्रधान तहत गृहमंत्री जान जम्बोन तथा सस्कृति, संचार एवं युवा मंत्री स्वेन गात्ज़ले निमंत्रनाको लागि हार्दिक धन्यवाद ज्ञापनसहित सम्मेलन सफलताको लग शुभकामना सन्देशहरु पठाएका थिए । साथै वर्कर्स पार्टी बेल्जियमको अध्यक्ष पिटर मेर्टेंसको तर्फबाट धन्यवादसहित समेत शुभकामना सन्देश प्राप्त भएको थियो ।

सम्मेलनमा बेलायतको दुरहाम विश्वविध्यालयका पुरातत्व विभागका तर्फबाट युनेस्को चेयर फेलो डा मार्क मेनुअलले दुरहाम विश्वविद्यालयका प्रोफेसर रोबिन कोनिङ्घम र नेपालका वरिष्ठ पुरातत्वविद तथा युनेस्को कन्सल्टेन्ट कोषप्रसाद आचार्यको साथै आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा बेलायतको रक्षा मन्त्रालयको अन्तर्गत रहेका बौद्ध धर्मावालाम्विहरुलाई बुद्ध धर्मसम्बन्धि  ज्ञान र शिक्षा दिने हेतुले रक्षा मन्त्रालयले नियुक्त गरेका भिक्षु धर्मगुरु खेन्पो हुङ्ग्त्रम्पा रिन्पोचे र भुटानका अर्का बौद्ध धर्मगुरु खेन्पो त्शेतेन दोर्जे रिन्पोचेले विश्व शान्तिका लागि बुद्धका शान्ति सन्देशहरुको महत्वका बारेमा प्रकाश पारेका थिए ।

साथै सम्मेलनमा  डा कविताराम श्रेष्ठ ले बुद्धको जीवनीमा आधारित उहाँको कृति “महाभिनिष्क्रमणका अस्वीकृत पाइला”को अग्रेजी अनुवादलाई नम्रता देवकोटाले प्रस्तुत गरेकी थिइन् । लुम्बिनी विकाश कोषका सदस्य सचिव अजितमान तामांगको कार्यपत्रलाई डा कृष्णप्रसाद अर्यालले प्रस्तुत गरे ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनको सभापतित्व लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले गरे ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट स्क्य्पेमार्फत आफ्नो भनाइ राखेका थिए ।

सम्मेलनले ४ बुदें ब्रुसेल्स घोषणापत्र जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?