Comments Add Comment

प्रधानमन्त्री प्रचण्डसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता

prachand-baburam-and-upendra-yadav

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि संविधान संशोधनको विरोध गर्दै फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त विज्ञप्ति जारी गरेकै भोलिपल्ट पनि डा. भट्टराईले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment