Comments Add Comment

संविधान संशोधन प्रकरणबाट सरकारले आफ्नो आयु छोट्यायोः बिष्णु पौडेल

bishnu-poudel

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका उप-महासचिव विष्णु प्रसाद पौडेलले अहिलेको राजनीतिक जटिलताको अन्त्य र सरकारले आफूलाई सुरक्षित राख्नका लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता पौडेलले प्रधानमन्त्री निर्वाचित भएपछि लिएको सपथलाई बिर्सेर प्रचण्डले गल्ति गरिरहेको आरोप लगाए ।

उनले भने, ‘सपथमा उहाँले भन्नु भएको थियो कि म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्ल्ो दिन देखि संविधान संशोधन गर्न तर्फ अग्रसर हुनुभयो, सात दशकदेखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन ।’

उनले थपे, ‘प्रधानमन्त्री प्रचण्डले आफंै यो प्रस्ताव ल्याउनुभएको छ, जनताले उहाँलाई कदापी माफ दिने छैनन्, यो प्रस्ताव मतदानमा गएको खण्डमा प्रस्ताव असफल हुने र देश मुडभेटमा जान्छ ।’

नेता पौडेलले धेरैजसो सांसदहरुको असहमतिका बाबजुद संशोधन प्रस्ताव ल्याउनु भनेको सरकार असफल हुनु भएको बताए । संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सरकारले प्रदेशको सीमांकन हेरफेर गरेर राम्रो नगरेको बताए । उनले भने, ‘वुटवलमा पाँच नं. प्रदेशलाई अखण्ड राख्नुको लागि लाखौ मानिस सडकमा आएका छन्, यदि सरकार जनताको हो भने समयमै संविधान प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ लागोस् ।’

नेता पौडेलले संविधान संशोधन भन्दा स्थानीय निर्वाचन अहिलेको आवश्यकता भएकाले प्रस्ताव फिर्ता लिएर निर्वाचनको प्रक्रियामा जान सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment