Comments Add Comment

सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद सेयर निष्काशन गर्ने

citizen-bank
२० मंसिर, काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब ३८ करोड बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । दशौं वाषिर्क साधारण सभावाट निर्णय भए वमोजिम बैंकले १०ः२.५ अर्थात २५ प्रतिशत को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

बैंकले विक्री प्रवन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंक र सानिमा क्यापिटल लिमिटेड बीच सोमबार भएको सम्झौता अनुसार सानिमा क्यापिटलले सिटिजन्स बैंकको एक करोड अठ्ठतिस लाख त्रितालिस हजार तीन सय असी कित्ता हकप्रद सेयर निष्काशन लागी आवश्यक सम्पूर्ण काम चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा गर्नुपर्ने छ ।

सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा यस हकप्रद सेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment