Comments Add Comment

धिरज राइलाई ५ आरोपः ‘तपाई त असाध्यै लोभी हुनुहुन्छ भन्ने आरोप छ नि ?’

dhreej-rai_5_aarop
२५० बढी गीतमा स्वर दिएका पप-गायक धिरज राइले १५ वटा एल्बम सार्वजनिक गरेका छन् । पेशाले ओभरसियर यी गायक बिहान बिहान कलेज पनि पढाउँछन् ।
पप गायनकै सन्दर्भ समेटेर दुई पुस्तक लेखिसकेका धिरज अहिले ‘मेरो विश्व भ्रमण नेपाली पपसँग’ पुस्तक प्रकाशनको तयारीमा छन् । उनै गायकलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. एउटै गीत गाएर २५ वर्ष बिताउनु भयो भन्छन् त ?
अहिले हेर्नुहुन्छ भने मेरो हिट गीत दुई दर्जन भन्दा बढी छ । एउटै गीत धेरैलाई मन पर्‍यो होला । त्यसो भन्दैमा एउटा मात्रै गीत गाएर २५ वर्ष बितायो भन्न मिल्दैन । म अहिले पनि स्टेजमा लुकी-लुकी गाउँछु । किनकी मेरो २५ वर्ष पुराना दर्शक पनि छन् । त्यहि स्टेजमा अहिलेका नयाँ गीत पनि गाउँछु ।

२. किताब लेख्नु भयो, डकुमेन्ट्री बनाउनु भयो । त्यो आफ्नै प्रचारको लागि थियो भन्ने आरोप छ, के भन्नुहुन्छ ?
म गीत गाउने मान्छेलाई प्रचारका लागि किताब लेख्नु जरुरी छैन । मेरो किताब नपढ्नेहरुले त्यसो भनेका हुन सक्छन् । मैले नेपाली पप संगीतवारे सर्वसाधारणलाई जानकारी दिनका लागि लेखेको हुँ । जहाँसम्म डकुमेन्ट्रीको कुरा गर्नु भयो, ओम बिक्रम विष्ट आफैंमा पपको जिउदो साक्षी हुनुहुन्छ । अहिलेका पुस्तालाई उहाँको संघर्ष कस्तो थियो भन्ने जानकारी गराउनका लागि डकुमेन्ट्री बनाएँ ।

३. आलोचना गर्नेहरुलाई साथीको सूचीबाट हटाइहाल्नु हुन्छ रे हो ?
यो त सरासर गलत आरोप हो । म आलोचना गर्नेहरुको सम्मान गर्छु । आलोचना गरेकै कारण कसैलाई साथीको लिष्टवाट हटाएको छैन । बरु आलोचना गरेका कारण साथी बनेका हुनसक्छन् ।

४. समुहमा मिलेर काम गर्नु हुन्न भन्ने आरोप छन नि ?
नेपालमा गायक संगीतकारको छुट्टा छुट्टै ग्रुप छ । धेरैले आ-आफ्नै समुहमा बसेर काम गर्छन् । मैले समुहमा बसेर काम नगर्ने कुरा आफैमा गलत हो । मैले सबै गीत ग्रुपमै बसेर बनाएको हुँ ।

५. तपाइलाई असाध्यै लोभी गायक भन्छन् नि ?
यो त हुँदै हैन । कसले भन्यो मलाई लोभी भनेर । ब्यापारी लोभी हुन सक्छ तर, एउटा गायक कहिल्यै लोभी हुन सक्दैन । गायकले त जति दियो त्यति कमाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment