Comments Add Comment

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, १५ लाखमात्र खर्च लाग्ने

gagan-thapa

२३ मंसिर, काठमाडौं । भक्तपुरका बलराम नागाको कलेजो प्रत्यारोपण गर्दै नेपाली चिकित्सकहरुले महत्वपूर्ण सफलता हात पारेका छन् । नेपालमा कलेजो प्रत्यारोपण भएको यो पहिलो पटक हो ।

मानव अंग प्रत्यारोपन केन्द्र, भक्तपुरले बुधबार दिउँसो झण्डै आठ घण्टा लगाएर भक्तपुरका ३६ वर्षीय नागाको कलेजोको सफल प्रत्यारोपण गरेको छ । उनलाई ४१ वर्षीया दिदी सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन् । बुधवार दिउँसो १२ बजे सुरु भएको उक्त शल्यक्रिया रात ८ बजे सम्पन्न भएको थियो ।

चिकित्सकहरुले सानुमायाको कलेजोको करिब ६० प्रतिशत भागलाई काटेर बलरामको कलेजो भएको ठाउँमा प्रतिस्थापन गरेका छन् । अहिले दुवैको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रत्यारोपणमध्ये सबैभन्दा जटिल मानिने कलेजोको प्रत्यारोपणका लागि दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट सात विश्व प्रसिद्ध चिकित्सक पनि नेपाल आएका थिए । नेपाल चिकित्सकको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक डा. पुका चन्द्र श्रेष्ठ र मुटु शल्य चिकित्सक डा. मोहनदेव भण्डारीले गरेका थिए ।

गत वैशाख १२ गते भूकम्पमा घर भत्किएपछि बलराम रक्सीको कुलतमा फसे, जसका कारण कलेजो कामै नलाग्ने गरी विग्रिएको थियो । कलेजो विग्रिएपछि उनी थप उपचारका लागि भारत गएका थिए । तर, त्यहा कलेजो प्रत्यारोपण गरेको महँगो खर्च लाग्ने भएपछि नागा उपचार नै नगरी नेपाल फर्किए ।

नेपालमै पहिलो पटक सम्पन्न गरिएको उक्त प्रत्यारोपनमा लाग्ने सम्पूर्ण खर्च केन्द्रले निःशुल्क गरेको छ । अन्य देशका साथै भारतमा पनि कलेजो प्रत्यारोपण गर्न प्रति व्यक्ति एक करोडदेखि डेढ करोडसम्म खर्च हुने गरेको छ ।

नेपालमै कलेजो प्रत्यारोपन सुचारु भएसँगै करिब १५ लाख रुपैयाँ भन्दा कम खर्चमा नेपालीहरुले स्वदेशमै कलेजो प्रत्यारोपन गर्न सकिनेछ । केन्द्रमा कलेजो प्रत्यारोपण सम्बन्धि सम्पूर्ण खर्च निशुल्क भएपनि प्रत्यारोपनको लागि आवश्यक पर्ने, धागो, सुई, टेप लगायतका सर्जिकल सामानको लागि शुल्क तिर्नु पर्नेछ ।

‘कलेजो प्रत्यारोपन सर्वसुलभ मूल्यमा नेपालमै गर्न सकिने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय प्रयासरत रहन्छ’ मावन अंग प्रत्यारोपन केन्द्रले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री गगन थापाले भने, ‘यसले कलेजो जस्तो जटिल रोगको शल्यक्रिया नेपालमै पनि गर्न सकिन्छ भन्ने सफल उदाहरण दिएको छ ।’ उनले यसको लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

मन्त्री थापाले निकट भविष्यमा कलेजो प्रत्यारापनलाई अझ सहज बनाउन मन्त्रालयले आवश्यक जनस्रोत तथा तालिमहरुको समेत व्यवस्था मिलाउन बताएका छन् । उनले भने, ‘हामीले अबको ६/८ महिनाभित्र विना सहयोग आफैं प्रत्यारोपन गर्न सक्ने सुनिश्चिततको लागि आवश्यक सहयोग गर्नेछ’ ।

अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गाैला प्रत्यारोपन भन्दा निकै जटिल मानिएको कलेजो प्रत्यारोपण आफ्नै अस्पतालबाट सुरु गर्न पाउदा निकै खुशी व्यक्त गरे । उनले भने, ‘मिर्गाैला प्रत्यारोपण भन्दा निकै जटिल मानिएको कलेजो प्रत्यारोपणमा सीधै हात हाल्दा समस्या जटिल होला भनेर विदेशी डाक्टरहरुको सहयोगमा पहिलो पटक यो शल्यक्रिया सम्पन्न गरेका छौ ।’ उनीहरुको साथमा ३/४ पटक यो शल्यक्रिया गरेपछि हामी आफैं शल्यक्रिया गर्न सक्षम हुने उनले बताए ।

यो प्रत्यारोपनका लागि ६५ वर्ष भन्दा बढी उमेरका मानिसले समेत आफू भन्दा सानालाई स्वस्थ्य कलेजो दान गर्न सक्नेछन् । त्यस्तै, साना बालबालिकाले पनि वयष्कलाई तथा बयष्यले पनि बालबालिकालाई आफ्नो कलेजो सजिलै दान गर्न सक्नेछन् ।

त्यसको लागि कलेजो दान दिनेले तीन चरणको जााच पास गर्नु पर्नेछ । जसमा कुनै संक्रमण भए, नभएको, स्वास्थ्यमा कुनै जटिल समस्या भए, नभएको वा मधुमेह वा अन्य कुनै समस्याका कारण कलेजोमा बोसो जमेको, नजमेको कुरालाई मुख्य ध्यानमा राखिन्छ ।

‘यदी कलेजोमा धेरै बोसो जमेको छैन भने त्यसको केही भाग विरामीको कलेजोलाई हटाएर त्यसको ठााउमा स्वस्थ्य मानिसको कलेजो प्रत्यारोपन गर्न सकिन्छ’, उनको उपचारमा संलग्न चिकित्सक डा. दिपेश गुरुवाचार्यले भने, ‘यसरी कलेजो दान गदा खासै जटिलता उत्पन्न हुादैन’ ।

न्ााबालकले नाबालकलाई, वयष्कले वयष्कलाई, बालकले वयष्क वा वृद्धलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपन ६५ वर्ष सम्मका उमेर भएका मानिसले सजिलै दान गर्न सक्छन् ।
त्यस्तै, कलेजोमा ६० प्रतिशत भन्दा बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिन सक्नेछन् ।

यसरी कुनै पनि व्यक्तिलाई स्वस्थ्य मानिसले कलेजो दान गर्दा उक्त व्यक्तिको मृत्यु हुने सम्भावना जम्मा ०.०२ प्रतिशत मात्र हुने गर्छ, अर्थात दश हजार जनामध्ये दुई जनाको मात्र मृत्यु हुने गर्दछ ।

त्यस्तै, कलेजो आफै विकसित हुने अंग भएकोले यसको प्रत्यारोपन गरेको तीन महिनादेखि नै यो विरामीको पेटमा आफैं विकसित हुन्छ र करिव छ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपन गरिएको विरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छ ।

एक तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस बी र सी का कारण कारण विग्रने गर्दछ । त्यस्तै, विश्वमा धनी देशहरुमा हेपाटाइटिस सी तथा मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो विग्रने गर्दछ ।

त्यस्तै, नेपालमा हरेक वर्ष हजार जनाको कलेजो फेल हुने गर्दछ भने गएको दुई वर्षमा मात्र भारतमा गएर कलेजो प्रत्यारोपन गर्नेको संख्या ४८ को हाराहारीमा रहेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment