+
+

नेपालमा रहेको भारु सटहीबारे भारतले भन्यो- आपसी छलफलबाट निर्णयमा पुग्छौं

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १:२५

Vikas-Swarup

२३ मंसिर, काठमाडौं । भारतले नेपालमा रहेका प्रतिवन्धित १ हजार र ५ सय भारु सटहीबारे दुई देशले आपसी छलफलका आधारमा निर्णयमा पुग्ने बताएको छ ।

भारतले १ हजार र ५ सय भारुमा प्रतिवन्ध लगाएको एक महिना भयो । तर, नेपालमा रहेका रकम सटहीबारे कुनै निर्णय गरेको छैन । नेपालको राष्ट्र बैंक र सरकारले भारु सटहीको व्यवस्था मिलाउन भनेपनि भारतले अझै केही भनेको छैन ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुई देशको केन्द्रीय बैंक र अर्थ मन्त्रालय नियमित सम्पर्कमा रहेको बताए । उनले भने, दुबै देशका वित्तिय विभाग छ, उनीहरुले आपसमा मिलेर बाटो खोज्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?