Comments Add Comment

विधेयक फिर्ता गराउन विपक्षीको नयाँ रणनीति

एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य

२६ मंसिर, काठमाडौं । एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन सवधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरुले यस्तो तयारी गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

यसका लागि विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । श्रोतका अनुसार एक दुई दिनभित्रै उनीहरुले २ सय सांसदको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै छन् ।

एक तिहाइभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेको एमालेका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment