+
+

तेह्रथुममा बस दुर्घटना, ५ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २६ गते २०:१४

terhathum-bus-accident

२६ मंसिर, म्याङलुङ । तेह्रथुमको म्याङलुङ १ को गढीभीरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् ।

धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ गइरहेको ना ४ ख २८६५ नम्बरको बस जिरी-खिम्ती-म्याङलुङ सडकखण्डअन्तर्गत सडकबाट करिब एक सय मिटर तल खस्दा एक पुरुष, एक महिला र एक बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

गम्भीर घाइते केहीलाई उपचारका लागि धरान पठाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?