Comments Add Comment

सुरु भयो ‘प्रेमगीत २’को छायांकन, प्रदिप र अश्लेषाको जोडी पर्दामा

premgeet-2-final-artist
गतबर्षको सफल चलचित्र ‘प्रेमगीत’को दोश्रो पाटोको रुपमा बन्न लागेको चलचित्र ‘प्रेमगीत २’को छायांकन सुरु भएको छ । सोमबार पशुपति मन्दिरमा पूजा गरेर चलचित्रको शुभसाइत गरिएको छ । २ महिना लगाएर नेपालसहित थाइल्याण्ड, बर्मामा यो चलचित्रको छायांकन हुनेछ ।

चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्ने भएका छन् । उनले आफूसँग स्तरिय चलचित्र बनाउनुपर्ने चुनौती रहेको बताए । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो तेश्रो चलचित्र हो । निर्माता सन्तोष सेनले भने-‘चलचित्रलाई स्तरिय बनाउन हामी कुनै पनि कसर बाँकी राख्ने छैनौ ।’

चलचित्रको मुख्य भूमिकामा प्रदिप खड्का, नव-नायिका अश्लेषा ठकुरी रहनेछन् । साथमा भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कटुवाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य, सौरभ क्षेत्री लगायतका कलाकारलाई पर्दामा देख्न पाइनेछ ।

चलचित्रका मुख्य कलाकार प्रदिपले प्रेम र गीतको कथा फेरि सुरु हुने र दर्शकले आफूलाई नयाँ भूमिकामा देख्न पाउने बताए । चलचित्रमा रेनशा राइको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन समावेश हुनेछ । चलचित्रलाई भदौमा रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment