२८ मंसिर, काठमाडौं । मेस्सी लेखिएको प्लास्टिकको जर्सी लगाएर फुटबल खेल्दै गरेको तस्वीर सार्वजनिक भएपछि ६ वर्षीय अफगान बालक मुर्ताजा अहमदी रातारात इन्टरनेटमा सुपर हिट बने ।
तर, अर्जेन्टिनी स्टारलाई भेट्ने उनको सपना पूरा भएको छ । मोर्ताजाले मेस्सीलाई दोहामा भेटेको कतार विश्वकप २०२२ को आयोजक कमिटीले जनाएको छ ।
The image the world wanted to see. The six year old boy who dreamed of meeting his hero, #Messi, finally comes true. #FCBinDoha pic.twitter.com/58FWn17b9A
— Road to 2022 (@roadto2022) December 13, 2016
मेस्सीसहित बार्सिलोनाको टोली अल अली साउदी एफसीसँग मैत्रिपूर्ण फुटबल खेल्न कतार पुगेको छ ।
प्लास्टिकको जर्सी लगाएको तस्वीर भाइरल भएपछि फेब्रुअरीमा मुर्ताजाले मेस्सीले हस्ताक्षर गरेको अर्जेन्टिनाको जर्सी पाएका थिए ।
मुर्ताजाको परिवार अफगानिस्ताको तालिवान प्रभावित राज्य गजनीमा बस्दै आएका थिए । तर, गत मेमा धम्कीपूर्ण टेलिफोन आएपछि उनको परिवार पाकिस्तानको क्वेटामा बस्न थालेको छ । उनका पिता मोहम्मद अरिफ महमदीलाई छोराको तस्वीर भाइरल भएपछि कतै अपहरणमा त पर्ने होइन भन्ने डर लागेको थियो ।
प्रतिक्रिया 4