Comments Add Comment

नबिल बैंक कर्मचारी सघंको रक्तदान कार्यक्रम

raktadaan-blood-donation
३० मंसिर, काठमाडौं । नबिल बैंक कर्मचारी सघंले आफ्नो २२ औं वाषिर्क उत्सवका अवसरमा नबिल बैंक प्रधान कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा ७० जना बैंकका कर्मचारी तथा उनीहरुका परिवारले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो ।

रगत अभावलाई ध्यानमा राख्दै नबिल बैंक कर्मचारी सघंले आफ्नो वाषिर्क उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्ता कार्यक्रम उपत्यका बाहिरका बैंकका शाखामार्फत पनि निरन्तरता दिने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment