Comments Add Comment

बिहेमा छोरीलाई दाइजो होइन, गरीबलाई ९० वटा घर उपहार

dhani-ka-kura

बिहेमा लाखौँ करोडौँ खर्च हुने गरेको देख्नुभएकै छ । भोजभतेर, गरहना, लुगाफाटो, दान दक्षिणा तथा दाइजो लगायतमा ठूलो धनराशी खर्च हुन्छ बिहेमा ।

लाखौँ करोडौँ खर्च गरी महंगो बिहे गर्ने मामिलामा भारत अग्रस्थानमै आउँछ । तर भारतमै एकजना पुरुषले आफ्नी छोरीको बिहे जुन प्रकारले गरिदिए, त्यसले समाजका ठालुहरुको मथिंगलमा घन ठोकिदिएको छ सायद ।

म्हाराष्ट्रको औरंगावादका उद्योगपति अजय मुनोतले आफ्नी छोरी श्रेयाको बिहेमा करोडौं रकम खर्च गर्न सक्थे भोजभतेर र दाइजोमा । तर उनले लोकलाजका लागि त्यसो गरेनन् । उनले बिहेमा फजुल खर्च ग्र्नुको साटो घरबार वीहिन गरिबहरुलाई ९० घर घर बनाइदिए ।

हुनत उनले सुरुमा छोरीको बिहेमा ७०।८० लाख भारु खर्चगर्ने योजना बनाएका थिए । तर जब भाजपा सांसद प्रकाश बम्बसँग उनको भेट भयो तब सोँच बदलियो ।
अजयले त्यसपछि छोरीको बिहे साधारण तरिकाले गरिदिए र बिहेमा खर्च गरिने पैसाले घर निर्माण गरी गरीबहरुलाई उपहारमा दिए । दुई एक्कड जमिनमा बनाइएका एक कोठा र भान्सा भएका ती ९० वटा घर दुई महिनामै तयार गरियो । यसका लागि अजयको डेढ करोड भारु खर्च भयो । लासूरमा रहेमा आफ्नो ६० एक्कड जमिनमध्ये २ एक्कडमा उनले गरीबका लागि सामुहिक बस्ती बनाएर हस्तान्तरण गरेका हुन् । हुनत उनले १०८ वटा घर बनाएर गरीबलाई दान दिन चाहन्थे । तर बिहेको दिनसम्म केबल ९० वटामात्र घर बन्न भ्याए ।

छोरीको बिहेमा गरीबलाई दान गरिने ती घर दान गर्नका लागि उनले ३ शर्त राखेका थिए । ती घर पाउने गरीबहरुले ३ वटा शर्त मान्नुपथ्र्यो । पहिलो ऊ गरीब हुुनुपथ्र्यो, दोश्रो उसले कुनैपनि प्रकारको मद्यमान वा लागुऔषधको अम्मली हुनु नहुने र आफ्नो घरबार नभएर सुकुम्बासी झुप्रोमा बसेको हुनुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment