Comments Add Comment

२ हजार वटा बहुमूल्य कार बोकेको जहाज यसरी डुब्यो समुद्रमा

ब्राजिलबाट इटाली गईरहेको इटालियन मालबाहक पानी जहाज गत मंगलबार आन्ध्र महासागरा डुब्यो । उक्त पानी जहाजमा २ हजार भन्दा धेरै निकै महंगा कारहरु थिए र पानी जहाजसँग अर्बौँ मूल्यका ती कारपनि समुद्रमा डुबे ।

अर्डर गरेका ग्राहकलाई डेलिभरी गर्नका लागि ल्याइएका ती कारमध्ये ३७ वटा पोर्शेे ब्राण्डका कार थिए, जसको मूल्य करोडौँ पर्दछ । त्यस्तै आउडी कम्पनीका बहूमूल्य कारहरु पनि डुबेका थिए ।

जहाज दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन । जहाजमा रहेका २७ जना चालक दलका सदस्यहरुलाई बेलायती सैनिक उद्धार टोलीले सकुशल उद्दार गरेको थियो ।

उक्त पानीजहाजको नाम ग्राण्ड अमेरिका थियो । फ्रान्सको तटीय क्षेत्रभन्दा १५० माइल टाढा आन्ध्र महासागरमा जहाज दुर्घटना भएको हो । उक्त जहाज जर्मनीको ह्याम्बर्गबाट मोरक्कोको कसाब्लांकातर्फ जाँदै थियो । तर कसाब्लांकाको नजिकै पुग्नै लाग्दा जहाजलाई ब्राजिल तर्फ जान भनियो ।

जहाज आफ्नो पूर्व निर्धारित दिशामा फ्रान्सको ब्रेस्टबाट दक्षिण पश्चिम दिशामा चलिरहेको थियो । त्यहीँबेला अकस्मात जहाजमा आगो लाग्यो र केही बेरमै जहाज समुद्रमा डुब्यो । अरबौँ महंगा कारहरु समुद्रको पिँधमा बिलिन भए । उक्त जहाजमा सबैजसो लेटेस्ट मोडलका कारहरु थिए ।

जहाज १५ हजार फिट समुद्रको गहिराईमा डुब्यो । उक्त दुर्घटनाबाट जर्मन कम्पनी प्रोर्शेलाई ठूलो घाटा लागेको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ मोडलको कार प्राप्त गर्न केही समय कुर्नुपर्ने जनाएको छ । केही दिनमै नयाँ कारको उत्पादनको काम सुरु गरिने उसको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment