Comments Add Comment

रोहित पौडेलः जसले अन्तिम ओभरमा भारतविरुद्ध छक्का-चौका वर्षाए

rohit-paudel

१ पुस, काठमाडौं । नेपाली युवा टोलीले एसीसी यू-१९ एसिया कपमा दोस्रो हार व्यहोर्‍यो । भारतसँग ६ विकेटको हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको पनि छ ।

तर, यो हारका बाबजुद नेपाली त्रिकेट समर्थकहरुले यो दिनलाई आठौं नम्बरका व्याट्सम्यान रोहित पौडेलले भारतविरुद्ध बनाएको ६८ रनलाई मात्र होइन, अन्तिम ओभरमा हानेको तीन चौका र एक छक्कालाई पनि याद गरिरहनेछन् । ९८ बलको सामना गरेका उनी अविजित पनि रहे ।

रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरमा पुर्‍याए ।

उनी मैदान प्रवेश गर्दा नेपालको स्कोर मात्र ८६ रन थियो र, आधा खेल बाँकी नै थियो । तर, रोहितले एउटा इन्डमा बसेर भारतीय बलरहरुको डटेर सामना त गरे नै, अन्तिम ओभरमा जे गरे, त्यो गज्जब थियो । कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन नलिएका उनले दोस्रो बलमा छक्का हाने । तेस्रो र चौथो बलमा चौका हानेका उनले पाँचौ बलमा छक्का हाने । र, छैटौं बलमा फेरि चौका हान्दै नेपालको पारी समाप्त गरे ।

को हुन् रोहित पौडेल ?

रोहित, नवलपरासीका हुन् । उनले काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दै आएका छन् । प्रशिक्षक रिकेश लामाका अनुसार उनी अलराउण्डर हुन् र क्लबमा खेल्दा ओपनिङ व्याटिङ गर्छन् । ‘उनी क्लबमा तीन वर्षदेखि छन्,’ लामाले भने, ‘उनी टिममा व्याट्सम्यानको रुपमा परेका हुन् । तर, बलिङ पनि त्यति नै राम्रो गर्छन् ।’

उनी क्लबमा तेस्रो-चौथो नम्बरका बलर हुन् । अहिले यू-१९ टिममा भने भैरहवामा भएको ट्यालेन्ट हन्टबाट उनी छनौट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment