+
+
Shares

सुजाता कोइरालाको घोषणाः म क्यान्सरमुक्त भएँ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ३ गते १९:०५

३ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सरमुक्त भएको बताएकी छन् ।

sujata-koiralaसिंगापुरमा क्यान्सरको उपचार गरेर पूर्वउपप्रधानमन्त्री कोइराला हालै स्वदेश फर्किएकी छन् । र, अहिले घरमै आराम गरिरहेकी उनका निजी सहयोगी लक्षण थपलियाले बताए ।

कोइरालाले पनि आफ्नो स्वास्थ्यमा सुधार भएको बताएकी छन् । ‘भगवानको आर्शिर्वाद र यहाँहरुको शुभेक्षाले म क्यान्सर मुक्त भएको छ र चाँडै नै सार्वजनिक जीवनमा फर्किनुछु’ पूर्वउपप्रधानमन्त्री कोइरालाले आइतबार फेसबुकमा लेखेकी छन् ।

कोइरालालाई पहिलो स्जेटको ब्रेस्ट क्यान्सर भएको थियो । उपचारका क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेष्ट गर्ने क्रममा ओभरीमा पनि क्यान्सर सिस्ट देखिएको थियो ।

थपलियाका अनुसार कोइरालाले फेरि एक महिनापछि पुनः परिक्षणका लागि सिंगापुर जानु पर्नेछ ।

कोइरालाको उपचारका लागि सरकारले ५० लाख दिने निर्णय गरेको थियो, जसको चर्को आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?