+
+

जनजातिको महाधिवेशनमा जातीय झगडा, मताधिकार माग्दै धर्ना (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ३ गते १६:११

janajati

३ पुस, चितवन । नारायणगढमा जारी आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा विवाद देखापरेको छ । जसका कारण बन्दसत्र समेत सुरु हुन सकेको छैन ।

जिल्ला संगठनहरुले मताधिकार माग गर्दै बन्दशत्रस्थल अगाडि आइतबार दिउँसो धर्ना तथा नाराजुलुस थालेका हुन् । महासंघद्वारा गैरकानूनीरुपमा प्रतिनिधिहरु दर्ता गरिएको भन्दै असन्तुष्टहरुले त्यस्ता प्रतिनिधिलाई खारेज गर्न माग गरेका छन् ।

महाधिवेशनको उदघाटन शनिबार नै भए पनि आइतबार अपरान्हसम्म बन्दशत्र सुरु हुन सकेको छैन । मतदाता एवं प्रतिनिधिसम्बन्धी विवाद समाधान भएपछि सकेसम्म आजै बन्दशत्र सुरु गरिने आयोजकहरुले बताएका छन् ।

महासंघ आदिवासी-जनजातिहरुको साझा संगठन हो । तर, यसभित्र रहेका विभिन्न जातीय समुदायमध्ये थोरै जनसंख्या भएका अल्पसंख्यक एवं सीमान्तीकृत जातिहरुले आफूमाथि समान व्यवहार नभएको गुनासो गर्दै आएका छन् । उनीहरुले आफूहरुलाई मतदानको अधिकारबाट वञ्चित गरिएको गुनासो गरेका छन् ।

हेर्नहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?