+
+

भूकम्पपछि बेलायतले नेपालका नाम नखुलेका संस्थालाई बाँड्यो डेढ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते १५:५०

४ पुस, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पपछि बेलायतले नेपाललाई दिएको सहयोगमध्ये करिव १.३ अर्ब रुपैयाँ कसलाई भन्ने गोप्य राखेको छ ।

uk-aidबेलायतले पछिल्लो ५ वर्षमा विदेशी सहयोगका रुपमा २ अर्ब ५० करोड पाउण्ड कुन संस्था वा व्यक्तिलाई दियो भनेर गोप्य राखेको छ । ‘नाम नखुलेका सेवा तथा बस्तु प्रदायक’का नाममा हजारौं भुक्तानी दिएको पाइएको डेभट्राकरमा रहेको डाटाको अध्ययनबाट खुलेको छ ।

डेभट्राकर बेलायतको सरकारी वेबसाइट हो, जसमा बेलायतले वैदेशिक सहायतामा गरिएको खर्चको लेखाजोखा राख्ने गर्छ ।

समाचारमा जनाइएअनुसार बेलायतले ५ वर्षमा दिएको ७० हजार बढी सहयोगबारे अध्ययन गर्दा नाम गोप्य राखिएको लुखेको छ । जसमा धेरै सिरिया र अफगानिस्तानमा छ । त्यहाँ सुरक्षाको कारण देखाउँदै वेलायती सहायता कसलाई दिइएको हो भनेर खुलाइएको छैन ।

डीएफआईडीले १२ वैशाख २०७२ को भूकम्पपछि वितरण गरेका सहयोग पाउने संस्था वा व्यक्तिको नाम पनि गोप्य राखिएको छ । उनीहरुको नाममा १ अर्ब ५० करोड बढी रकम गएको छ ।

यसरी गोप्य राखिएको अधिकांश रकम इमर्जेन्सी र मानवीय सहायताका नाममा गएको छ । तर, नाम गोप्य राखिएको भुक्तानी पाउनेमा नागरिक समाज तथा एनजीओ छन् ।

nepal-earthquake-response

यो बेलायतले भूकम्प प्रभावितका नाममा नेपालमा गरेको खर्चको झण्डै एक तिहाई हो । बेलायतले भूकम्प सहायता (अर्थक्वेक रेस्पोन्स) का नाममा पछिल्लो दुई वर्षमा नेपालमा ४ करोड पाउण्ड अर्थात ५.४ अर्ब रुपैयाँ खर्च गरेको डेभट्राकरमा उल्लेख छ ।

डीएफआडीका प्रवक्ताले भने आफ्नो कर्मचारी र साझेदारहरुले सुरक्षा खतरा भएका क्षेत्रमा पनि काम गर्ने भएकाले नाम र विवरण गोप्य राखिएको बताए । तर, डीएफआईडीले गर्ने सहयोग गरिबी र द्वन्द्वग्रस्त क्षेत्रमा नै हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?