+
+

तिवारी हत्याको विरोधमा युवा संघद्वारा आन्दोलनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते १८:५८

youth-force

४ पुस, काठमाडौं । आफ्ना रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ ।

घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । समिति घटनाबारे बुझ्न भोलि नै बुटबल जानेछ ।

साथै बैठकले संघले भोलि ५ गते लुम्बिनी बन्दको आहृवान गरेको छ भने देशभर १ देखि २ बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको प्रवक्ता प्रभावविक्रम कटवालले जानकारी दिए ।

उनका अनुसार हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै भोलि नै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी छ ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपेन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?