Comments Add Comment

टर्कीमा रसियन राजदूतको गोली हानी हत्या

कालो शुटमा ठाँटिएका हत्याराले गोली चलाए

rasian-ambassdor-andrei४ पुस, काठमाडौं । एकजना बन्दुकधारीको गोली प्रहारबाट टर्कीका लागि रसियन राजदूत आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको छ ।
कालो शुट र टाईमा सजिएर आएका बन्दुकधारीले सोमबार राजदूत कार्लोभमाथि गोली चलाएका थिए । उनको उपचारका क्रममा निधन भएको अन्तरराष्ट्रिय  सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार कालो सुट टाईमा सजिएर आएका युवकले फोटो एक्जिबिसनमा सहभागी भई भाषण गरिरहेका राजदूतमाथि पेस्तोलबाट गोली चलाएका थिए । गोली चलाउने क्रममा युवकले अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स भन्दै कराएको सुनिन्थ्यो ।gun-man
आक्रमणकारीले इस्लामिक स्टेटले प्रयोग गर्ने शब्द ‘अल्लाह अकबर’ उच्चारण गरेको बीबीसीले लेखेको छ ।
सिरियामा भइरहेको गृहयुद्धमा रसियाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ । यही कारणले आइएसका विद्रोहीहरु रसियाप्रति आक्रोसित रहँदै आएका छन् । यसैवीच यसै साता अलेप्पोमा त्यहाँको सत्तापक्ष र विद्रोहीवीच भिषण युद्ध भएको छ ।
सिरियाको युद्धको असर उसको छिमेकी देश टर्कीमा समेत पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment