Comments Add Comment

पुसमा कानुन नआए बैशाखमा चुनाव असम्भवः आयोग

election-commission-nepal

५ पुस, काठमाडौं । पुस मसान्तभित्र आवश्यक कानुन निर्माण नभए आगामी बैशाखमा चुनाव गर्न नसकिने निर्वाचन आयोगले जनाएको छ ।

बैशाखमा निर्वाचन गर्ने भए पुस मसान्तभित्र आवश्यक कानुन र निर्वाचनको मितिसमेत घोषणा गरिसक्नु पर्ने आयोगले बताएको छ ।

नयाँ संविधान अनुसार २०७४ माघ ७ भित्र चुनाव हुनुपर्छ । तर, त्यसलाई सारेर बैशाखमा चुनाव गराउने चर्चा छ ।

निर्वाचन आयुक्त इला शर्माले पुस मसान्तभित्र ऐन कानुन निर्माण नभए बैशाखमा पनि चुनाव गर्न नसकिने बताइन् ।

अनलाइनखबरसँग कुरा गर्दै आयुक्त शर्माले भनिन्, ‘पुस मसान्तभित्र पनि कानुन, निर्वाचन मिति र स्थानीय तहको प्रतिवेदन कार्यान्वयनको अवस्थामा आएन भने बैशाखमा निर्वाचन सम्भव छैन ।’

आयुक्त शर्माले निर्वाचन आयोगमा आयुक्तहरु पनि छिटो नियुक्त हुनुपर्ने बताइन् । उनले भनिन्, ‘आयुक्तहरु नियुक्त भएका छैनन्, निर्वाचन गर्ने हो भनेपनि कानुन अझै पाएका छैनौं, निर्वाचनको मिति पनि घोषणा भएको छैन ।’

उनले यस्तै अवस्थामा बैशाखमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएकी हुन् ।

मतदाता नामावली संकलन अभियान

यसैबीच आगामी बैशाखमा हुनसक्ने निर्वाचनलाई ध्यान दिँदै निर्वाचन आयोगले देशभर फोटोसहितको मतदाता नामावली संकलन बिशेष अभियान चलाएको छ ।

आयोगले २०७० को निर्वाचनमा फोटोसहितको मतदाता नामावली संकलन गर्न छुटेका र उमेर नपुगेकाहरुलाई समेट्न विशेष अभियान शुरु गरेको हो ।

आयोगले हिमाली र उच्चपहाडी २१ जिल्लामा अभियान चलाइसकेको छ । ती जिल्लाहरुमा नियमित नामावली संकलनसमेत कायम राखेको छ ।

यस्तै माघ १५ गतेसम्म बाँकी ५४ जिल्लाहरुमा मतदाता नामावली संकलन विशेष अभियान चलाइने आयुक्त शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment