Comments Add Comment

श्रीलंकाबिरुद्धको दिपेन्द्रको त्यो विकेटः रक्षात्मक खेल्दा आउट हुन पुगेँ

dipendra-singh-airee

६ पुस, काठमाडौं । यू-१९ एसिया कपको पहिलो खेलमा नै टेष्ट नेशनलाई हराएर शानदार सुरुवात गर्ने नजिक पुगेर पनि नेपाल एक रनले चुक्यो । परिणाम नेपाल समूह चरणबाटै बाहिरिएको छ । र, टोली मंगलबार राति बजेर काठमाडौं ओलिएको छ ।

तर, दिपेन्द्र सिंह ऐरीलाई अझै त्यही क्षणले घोचिरहेको छ । हुन त उनी म्यान अफ दि म्याच पनि बने र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन नै रहृयो । तर, पनि आफैंले जित नजिक पुर्‍याएर विजयी बनाउन नसक्दाको पीडाले चिमोटिरहेको छ ।

श्रीलंकाले दिएको २२८ रनको लक्ष्य पठ्याएको नेपाललाई अन्तिम ओभरको चार बलमा २ रन चाहिएको थियो । र, क्रिजमा थिए राम्रो खेलिरहेका ऐरी । नेपाली टोलीका सदस्यदेखि खेल हेरिरहेका (इन्टरनेटमा) नेपाली समर्थनलाई उनीमाथि नै आश थियो ।

नहोस् पनि किन ? उनले नै नेपाललाई जित नजिक पुर्‍याएका थिए र ठीक अघिल्लो बलमा शानदार छक्का हानेका थिए । तर, तेस्रो बलमा उनी दिपेन्द्र चुके र नेपालले १ रनको नमिठो हार व्यहोर्नु पुग्यो । दिपेन्द्र मैदानमै भावविहल भए ।

प्रशिक्षक, म्यानेजर र टिममेटले सम्झाए । । प्रशिक्षक बिनोद दासले खेलमा यस्तै हुन्छ आज दुर्भाग्य भयो भनेर चिन्ता नलिन भने । तर, उनको मनले अझै मानेको छैन । त्यो क्षण सम्झँदै दिपेन्द्रले अनलाइनखबरसँग भने, जितनजिक पुगिसकेको खेललाई आफू अनुकुल अन्त्य गरी टोलीलाई जिताउन नसकेको ग्लानी मलाई रहिरहृयो ।’

उनले श्रीलंकाविरुद्धको खेललाई यसरी सम्झिएः

dipendra-singh-aireeपहिलो खेलमै श्रीलंकाबिरुद्ध मैले ९० रनको ठूलो पारी खेलेँ । खासमा मैले राम्रो प्रदर्शन गर्छु भनेर योजना बनाएर गएको थिइनँ । तर खेल राम्रो हुँदै गयो र ठूलो पारी खेल्न सकेँ ।

मेरै योगदानले खेल हाम्रो पक्षमा आइसकेको थियो । तर, टेष्ट मान्यताप्राप्त मुलुकलाई उसकै मैदानमा पराजित गर्ने अवसरबाट हामी चुक्यौं । श्रीलंकाले दिएको २२८ रनको लक्ष्य पछ्याएका हामीलाई अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो । स्ट्राइकमा मै थिएँ । अर्को एण्डमा नन्दन (यादव) थियो । उ भर्खरै क्रिजमा आएको थियो ।

टेष्ट टोलीबिरुद्धको खेलमा हामी जित नजिक पुग्दा अवस्था पनि म दबावमा थिएँ । तर, आत्मविश्वास भने बलियो थियो कि हामी श्रीलंकालाई हराउन सक्छौं ।

अन्तिम ओभरमा बायाँहाते स्पिनर प्रविन जयाबिक्रमाले बलिङ गरे । पहिलो बल मिड अफतर्फ प्रहार गरेँ । रन लिनसकिने भएपनि हामीलाई बाउण्ड्री आवश्यक भएकाले मैले रन लिइनँ ।

दोस्रो बल गुड लेन्थमा थियो । मैले एक स्टेप अगाडि बढेर स्ट्रोक खेलेँ । बल ब्याटको बीचैमा लाग्यो र स्ट्रेट छक्का भयो ।

त्यसपछि हामीलाई चार बलमा २ रन अवश्यकता थियो । तेस्रो बल पनि उही लेन्थमा थियो तर, मैले रक्षात्मक खेलेर एक/दुई रन लिने विचार गरेँ र स्ट्रोक नखेलेर स्वीप गरेँ । तर, दुर्भाग्य म एलवीडब्ल्यू धरापमा परेँ ।

श्रीलंकाका अधिकांश खेलाडी ३० यार्डभन्दा भित्र रहेको अवस्थामा मैले शट खेलेको भए बाउण्ड्री हुनसक्थ्यो । तर रक्षात्मक खेल्दा आउट हुन पुगेँ । र, नेपाल एक रनले हार्न पुग्यो । खेलमा मैले म्यान अफ द म्याचको अवार्ड त पाएँ तर, टिमलाई जिताउन नसकेकोमा ग्लानी भयो ।

अपेक्षा अनुसारको प्रदर्शन

दिपेन्द्र अनुभव हासिलका लागि यू-१९ एशिया कप नेपाली टोलीका लागि महत्वपूर्ण रहेको बताउँछन् । किनकी टोलीका उनीसँगै दुई सन्दीप (लामिछाने) र (सुनार)सँग मात्रै यू-१९ टोलीको अनुभव थियो । अन्य सबै नयाँ अनुहार थिए ।

तर, नेपालले मलेसियालाई हरायो भने आयोजक श्रीलंकालाई कडा टक्कर थियो । भारतसँग भने सोचेअनुरुप प्रदर्शन भएन । दिपेन्द्र भन्छन्, हामीले अपेक्षा अनुसारको प्रदर्शन गर्‍यो ।’

उनले अघि भने, हामीमा अनुभवको कमी थियो । सिनियर र अनुभवी टोलीसँग अभ्यास भएको भए हामी सेमिफाइनलमा पुग्न सक्थ्यौं, जुन श्रीलंका जानुभन्दा लक्ष्य थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment