+
+

३ महिनामा थप ८ समस्याग्रस्त संस्था सञ्चालनमा आउने

जनरल फाइनान्सले थाल्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ७ गते १४:१९

general-finance

७ मसिंर, काठमाडौं । समस्याग्रस्त संस्थाको रुपमा बाँकी रहेकामध्ये आठ संस्था तीन महिनाभित्र सञ्चालनमा आउने राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बताएका छन् । नयाँ व्यवस्थापन र सञ्चालक सहित विहीवार सञ्चालनमा आएको जनरल फाइनान्सको पहिलो कारोबार सुरुवात अवसरका आयोजित कार्यक्रममा नेपालले यस्तो जानकारी दिएका हुन् ।

‘अहिले ११ वटा समस्याग्रस्त संस्था बाँकी छन्, एउटै संस्थामा ५/६ समूहले समेत आवेदन दिएका छन् । यस आधारमा हेर्दा सबै संस्था पुनः सञ्चालनमा आउने सम्भावना छ,’ गभर्नर डा. नेपालले बताए । गभर्नरका अनुसार आठ संस्थाको भने एमओयु (मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ) सम्झौता भइसेकेको छ ।

 सञ्चालकहरुमा संस्थामा रहेको सबै पुँजी आफ्नो हो भने भावनाले अनावश्यक रुपमा पूँजी चलाउदा संस्थाहरु समस्यामा आउने गरेको नेपालले बताए । उनले सेयर सूचीकरण भएपछि सेयर बजारले नै लगानीकर्तालाई धनी बनाईदिने भएकोले अन्य पूँजीमा लोभ गरेर हस्तक्षेप गर्न नहुने समेत सुझाव लगानीकर्ताहरुलाई दिए ।

नेपाल जस्तो सानो अर्थतन्त्रमा पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालन विश्व स्तरको रहेको भन्दै गैरआवासीय नेपाली संगठनका अध्यक्ष शेष घलेले तारिफ गरे । ‘ अहिले विश्वका कतिपय देशमा बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त भइरहेको खबरहरु आइरहेका छन्, तर नेपालमा पछिल्लो केही समययता यो समस्या निकारण जस्तै भएको देखिन्छ, यो गर्व गर्न लायक विषय हो,’ घलेले उल्लेख गरे ।
कम्पनीका सेयर लगानीकर्ता आरके शर्माले गैरआवासीय नेपालीहरुले नेपाललाई सधै माया गरिरहेको र भविष्यमा देशमा नै फर्केर आउनुपर्ने अवस्था पनि रहेकोले अहिलदेखि देश निमाणमा सहयोगी काम गरिरहेको जानकारी दिए ।

कम्पनीले धनराज भँडेलको खाता खोलेर समस्याग्रस्त भएपछिको पहिलो कारोबार सुरु गरेको जानकारी दिएको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७० सालमा समस्याग्रस्त घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?