Comments Add Comment

तेलको मूल्य बढाउने निर्णय स्थगित गर्न सरकारलाई निर्देशन

petrol-oil-pump-tel
७ पुस, काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ ।

बिहीबार समिति अन्तर्गतको उपभोक्ता उपसमिति बैठकले नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धिको निर्णय स्थगन गर्न निर्देशन दिएको हो ।

निगमले आफैंले बनाएको कार्यबिधि विपरीत हुने गरी तेलको मूल्य समायोजन गरेको भन्दै समितिले तत्काल पुरानै मूल्य कायम हुने गरी घटाउन भनेको हो ।

आयल निगमले पेट्रोल, डिजेल र मटितेल सबैमा चार रुपैयाँ ५० पैसा मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा तथा डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

अब समितिको निर्देशनअनुसार निगमले मूल्य घटाए फेरि पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment