+
+

विजुली चोरी गर्नेविरुद्ध भैरहवामा विद्युत प्राधिकरण आक्रामक, उठ्यो लाखौं राजश्व

चोरी गर्ने २६ जना पक्राउ, महसुल नबुझाउनेबाट १ करोड ४० लाख संकलन

सलमान खान सलमान खान
२०७३ पुष ९ गते १५:०७

bijuli-chori-2
९ पुस भैरहवा । विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत भैरहवा विद्युत प्राधिकरणले देशमा सबै भन्दा बढी राजश्व संकलन गरेको छ ।

कार्तिक महिना देखि सुरु भएको विद्युत चुहावट नियन्त्रण अभियानअन्र्तगत विद्युत चुहावट गर्नेविरुद्ध निकै आक्रमक शैलीमा उत्रिएको भैरहवा विद्युत प्राधिकरणले दुई महिनामा २ सय ८ जनालाई पक्राउ गरी विद्युत चोरी गर्ने उपर कारवाही गरेर देशमा सबैभन्दा बढी ५२ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत भैरहवा विद्युत प्राधिकारणले दुई महिना देशभरीमा सबैभन्दा बढी राजश्व सकंलन गर्न सफल भएको भैरहवा विद्युत प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

मध्यरातमा पनि विद्युतको छापा

bijuli-chori

विद्युत चुहावट नियन्त्रण गर्नका लागि भैरहवा विद्युत प्राधिकरणले कार्यालय समयपछि पनि जाडोयामको मध्यरातमा पनि छापा मार्दै विद्युत चोरी गर्ने उपर कारवाही गरिरहेको छ ।

उनले विगतमा विद्युत चुहावट दिउँसो हुने गरेपनि अहिले भने रातीको समयमा छिटफुट रुपमा चुहावट हुने गरेको कारण विद्युत चुहावट नियन्त्रण गर्नका लागि अहिले आफुहरुले मध्यरात समेत छापा मारी कारवाही गरिरहेको बताए ।

‘पहिला दिउँसो राति दुवै समयमा चुहावट हुने गर्दथ्यो । दिउँसो समयमा चोरी गर्न छाडेर रातिको समयमा मात्र विद्युत चोरी गरिरहेका छन्’ प्राधिकरणका प्रमुख ठाकुरले अनलाइनखबरसगँ भने,’तर हामी अहिले दिउँसोको साथसाथै मध्यरातमा पनि प्रहरीको सहयोगमा विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी कारवाही गरिरहेका छौँ ।’

विद्युतीय मिटर जडान नगरी विद्युतको प्रयोग गर्नु गैरकानुनी भएको बताउँदै उनले विद्युत चोरी नगर्न र मिटर जडान गर्न सबैलाई आग्रह गरे ।

चोरी गर्ने २६  पक्राउ

रुपन्देहीमा अवैध रुपमा विद्युत चोरी गर्ने २६ जना पक्राउ परेका छन् । भैरहवा विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको मर्चवार क्षेत्रबाट विद्युत चोरी (हुकिङ्ग) गर्ने २६ जनालाई पक्राउ गरेको हो ।

विद्युत चोरी गर्ने पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग गरेको विद्युतीय उपकरण एक वर्षसम्म प्रयोग गर्दा खपत हुने विद्युत युनिटको आधारमा क्षतिपुर्ति कारवाही गरिएको भैरहवा विद्युत प्राधिकरण प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

उनले पक्राउ परेका व्यक्तिहरुलाई पहिलो र अन्तिम पटकको लागि चेतवानी दिँदै थुनामुक्त गरी छाडिएको र अब पुन विद्युत चोरी गरेमा कडा कारवाही हुने बताए ।
bijuli-chori-4
‘पक्राउ परेका व्यक्तिहरुलाई क्षतिपुर्ति कारवाही गरेर पहिलो पटकको लागि छाडेका छौँ,’ प्रमुख ठाकुरले अनलाइनखबरसगँ भने,’यदि पुन विद्युत चोरी गरेको पाइएमा त्यो क्षमा हुने छैन र कडा कारवाही हुनेछ ।’

पक्राउ परेकाहरुबाट ४ लाख रुपैयाँ राजश्व संकलन भएको र उनीहरुले विद्युत चोरी गरी प्रयोग गरेका उपकरणहरु समेत जफल गरिएको प्रमुख ठाकुरले बताए ।

विद्युत महसुल नबुझाउने विरुद्ध पनि आक्रामक
लामो समयसम्म विद्युत महसुल नबुझाउने विरुद्धपनि भैरहवा विद्युत प्राधिकरण निकै आक्रमक शैलीमा कार्य गरिरहेको छ ।

चालु आवको मंसिर मसान्त सम्म लामो समयसम्म विद्युत महसुल नबुझाएको ३ सय ५५ ग्राहकको विद्युत आपुर्ति बन्द गरेर सबैभन्दा बढी १ करोड ३९ लाख ५५ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरिएको भैरहवा विद्युत प्राधिकरणका प्रमुख ठाकुरले बताए ।

ठुलाबाट पनि राजश्व असुली

munindra-thakur
प्रमुख ठाकुर

प्राधिकरणले चालुको मंसिर मसान्तसम्म ठूला ग्राहकबाट -उद्योग, कलकारखाना लगायत) ४३ लाख ४६ हजार छुट रकम पनि संकलन गर्न सफल भएको छ ।

त्यस्तै सानो ग्राहकको सिङ्गल फेजको ३ सय ७७ र थि्र फेजको बन्द मिटरबाट ८ लाख ७२ हजार राजश्व संकलन गरेको प्राधिकरणले जनाएको छ ।

केही महिना अघिसम्म विद्युत मिटर अभाव भएर नागरिकले सास्ती खेप्नुपर्ने अवस्था अहिले नरहेको बताउँदै कार्यालयमा विद्युत मिटर जडानका लागि निवदेन दिए लग्त्तै प्रक्रिया पुराएर मिटर जडान हुने सहज वातावरण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?