Comments Add Comment

भाषिक युद्ध गराउने खेल शुरु भयोः एमाले महासचिव

Ishwor-Pokhrel

१० पुस, बागलुङ । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले देशमा भाषिक युद्ध गराउने योजना अनुरुप सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।

संशोधन प्रस्तावमा भाषाको कुरा समेत राखेर हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको अनुसूचीमा राख्ने र नेपालमा भाषिक युद्ध गराउने योजनासहित प्रस्ताव ल्याइएको पोखरेलले बताए ।

संविधान जारी गर्न दिन हुन्न भन्नेहरुले नै संविधान कार्यान्वयनमा समेत बाधा पुर्‍याइरहेको बताउँदै पाख्रेलले संशोधन प्रस्तावमा उल्लेखित बुँदाहरु समेत त्यसैबाट प्रभावित भएको आरोप लगाए ।

प्रेस चौतारी बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोख्रेलले एमाले सिंगो संविधान संशोधनको विपक्षमा नरहेको बताए ।

संविधान गतिशिल दस्तावेज भए पनि अहिले ल्याइएको प्रस्तावले भाषिक युद्ध गराउने र राष्ट्रिय एकता छिन्न भिन्न गराउने पोखरेलको दावी छ ।

संशोधन प्रस्ताव संविधानको खुलेआम उल्लंघन भएको बताउँदै पोख्रेलले राष्ट्रिय हितविपरित र साम्प्रदायिक सदभाव खल्वलाउने गरी ल्याइएको संशोधन प्रस्तावमा आफूहरुले कुनै हालतमा छलफल गर्न नदिने बताए ।

-विजय रानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment