+
+

लाइसेन्सका लागि अनलाइन फारम दुई पांग्रेका लागि मात्र (फारम भर्ने तरिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १० गते १७:२०

trail-test-for-getting-motorcycle-driving-license-2015

१० पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र -लाइसेन्स)का लागि अनलाइन फारम सेवाको शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार उद्घाटन गरेेको यािे सेवा औपचारिक रुपमा भने भोलिबाट सुरु हुनेछ ।

तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि लाइसेन्ल लिन चाहनेले मात्र उपभोग गर्न सक्नेछन् । यातायात व्यवस्था विभागका अनुसार दुईपांग्रे -मोटरसाइकल, स्कुटर र मोपेड)का लागि मात्र अनलाइन दरखास्त दिन सकिनेछ ।

जबकी विभागले पाँच समूहको लाइसेन्स दिन्छ । ख, ग, घ र ङ वर्गको सवारीका लागि लाइसेन्स लिन चाहनेले भने अनलाइन फारम भर्न सक्ने छैनन् । ‘ख’ वर्गमा कार, जीप र डेलिभरी भ्यान पर्छ भने ‘ग’मा टेम्पो र अटोरिक्सा, ‘घ’मा पावर टिलर र ‘ङ’मा ट्याक्टर पर्छ ।

साथै एक दिनमा ५ सयले मात्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

र, अनलाइन फारम भर्नेहरुले बाग्मती अञ्चल कार्यालय एकान्तकुनामा मात्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

यसरी भर्नुस् अनलाइन फारम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?