Comments Add Comment

गजल: राजनीतिले यतिसम्म त सिकायो

Dineshraj Gyanwaliसबैले देखे बाहिरिएको भट्टीको ढोकाबाट ।
कसैले बुझेनन् कसरी बाँचे म धोकाबाट ।

तिमीले कसरी बुझ्छौ मेरो लागि अपमान हो,
आज फेरि नमस्कार खाएँ बाटोमा भोकाबाट ।

मेरो पनि जिन्दगी जोताउन लगेको गोरु झैं,
महलामा आइपुग्यो मुख छुटेर डोकाबाट ।

देशको राजनीतिले यतिसम्म त सिकायो,
अहँ हुन्न पटक्कै हुन्न दाइँ बोकाबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment