+
+

जुम्लाको जंगलमा भेटियो एसएलआरसहित हातहतियार

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ११ गते १६:३२

slr-file-photo

११ पुस, जुम्ला । जिल्लाको गर्ज्याङकोट८ ढाडखर्कस्थित जंगलमा लुकाइराखेको एसएलआर सहितका हातहतियार बरामद भएको छ ।

गर्ज्याङकोट८ थामवाडा बस्ने २४ वर्षीय बेदनराज थापाले लुकाई छिपाई राखेको विभिन्न हतियार तथा गोलीहरु बरामद भएको हो ।

प्रहरीका अनुसार एसएलआर २ थान, सोको गोली २७ थान, म्याग्जीन २ थान, अटोमेटिक पेस्तोल २ थान, रिवल्भर २ थान, सोको गोली ५ थान, कटुवा पेस्तोल २ थान, केप र फ्युज सहितको डेटोनेटर ७ थान भेटिएको छ ।

गत मंसिर ११ गते चन्दननाथ मन्दिरमा भएको मुर्तीहरु चोरी भएको घटना तथा बिभिन्न मुद्दामा संलग्न फरार प्रतिबादीहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा थापाले विभिन्न वारदातमा प्रयोग गरी लुकाई राखेको बरामद भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?