+
+

११ वर्षे बालकले राष्ट्रपति कार्यालयविरुद्ध मुद्दा हाले, आफ्नो भाषण चोरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १२ गते १०:४६

momnun-husen

६ कक्षामा पढ्ने एकजना बालकले राष्ट्रपति कार्यालयविरुद्ध गम्भीर आरोप लगाउँदै मुद्दा हालेका छन् । यो घटना पाकिस्तानको हो ।

११ वर्षका ती बालकले राष्ट्रपति ममनून हुसेनको कार्यालयमाथि आफ्नो एक भाषण चोरी गरेकोे अभियोग लगाएका छन् । आफूले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको जन्म जयन्तीका लागि तयार गरेको भाषण राष्ट्रपति कार्यालयले चोरी गरेको आरोप उनको छ ।

म्ाोहम्मद सबील हैदरले आफ्ना पिता नसीम अब्बास नासिरलाई वारेस राख्दै इस्लामावाद उच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध मुद्दा हालेका हुन् । आफ्नो भाषणको सामग्री चोरी गरेको र मन्जुरीबिना अरुलाई आफ्नो सिर्जना दिएको भन्दै उनले राष्ट्रपति कार्यालयविरुद्ध अभियोग दर्ता गराएका हुन् ।

जसमा राष्ट्रपतिको सचिव, राष्ट्रपति कार्यालयका अतिरिक्त सचिव, शिक्षा निर्देशनालय कलेजका निर्देशक, पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरण, पाकिस्तानी टेलिभिजनका प्रबन्ध निर्देशक तथा इस्लामावाद कलेज फर गल्र्सका प्रधानाध्यापकलगायतलाई प्रतिवादी बनाइएको छ ।

डिसेम्बर २५ मा पर्ने अलि जिन्नाहको जन्मजयन्तीका उपलक्ष्यमा डिसेम्बर १४ मा आयोजना गरिएको कार्यक्रमका लागि आफूलाई प्रवचन दिनका लागि सुरुमा निम्तो दिइएको, तर आफूले लिखितरुपमा तयार गरी आफ्नै आवाजमा रेकर्ड गर्नका लागि दिएको भाषण आफूलाई रेकर्ड गर्न नदिई अर्कै स्कुलकी छात्राको नाममा रेकर्ड गराइएको दाबी उनको छ ।

राष्ट्रपति कार्यालयविरुद्ध बौद्धिक सम्पत्तिको चोरीलगायतका अभियोगमा मुद्दा दायर गरिएको हैदरका वकिलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?