Comments Add Comment

स्थानीय चुनाव घोषणा गर्न राप्रपाको माग

kamal-thapa

१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिलम्ब स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७४ साल माघ भित्र तीनै तहको निर्वाचन गर्न पनि स्थानीय तहको निर्वाचन बैशाखमै गर्नु पर्ने उल्लेख गरे ।

सत्तारुढ राप्रपा अध्यक्ष थापाले सरकारले निर्वाचन गराउन आलटाल गरिरहेको आरोप लगाए । स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन नबुझेबाट सरकार निर्वाचन गराउन तयार नदेखिएको पुष्टि भएको दाबी गरे ।

उनले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन बुझेर मुलुकमा निर्वाचनको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिए ।

कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छाडने उदघोष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment