Comments Add Comment

केकीको ‘सुरुप्प’ले चर्चामा ‘लभ सासा’

keki-adhikari
अनलाइनखबरसँग कुरा गर्दै नायिका केकी अधिकारीले आफू अभिनित केहि चलचित्रले तहल्का नै नमच्चाए पनि लगानी उठाएको बताएकी थिइन् । तर, चलचित्र वृत्तमा प्रवेश गरेसँगै दर्जन बढी चलचित्रमा अभिनय गरेकी केकीले बक्स अफिसमा सफलता नपाएको चर्चा गरिन्छ ।

उनै केकी अधिकारी नायक कर्मासँग प्रेमको भाषा बोल्दै दर्शकमाझ आउने तयारीमा छिन् । पौष २८ गतेबाट रिलिज हुने ‘लभ सासा’ नामक चलचित्र उनका लागि विशेष छ ।

प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा केकीको जोडीको रुपमा नायक कर्मा देखिएका छन् । चलचित्रमा समावेश ‘सुरुप्प’ संवाद अहिले चर्चामा छ ।
माधव वाग्ले र प्रचण्डमान मिलेर यो चलचित्र निर्माण गरेका हुन् । कर्मा र केकी चलचित्र क्षेत्रमा चर्चित छन् । तर, जुन सफलता यी दुइको पोल्टामा पर्नु पर्ने हो, त्यो परेको छैन । जसकाकारण पनि ‘लभ सासा’मा दुबैको मन गाँसिएको छ ।

राम्रा मेकरका राम्रा चलचित्रलाई अहिले दर्शकले मन पराउन थालेको अवस्था छ । यसको फाइदा केकी र कर्माको जोडीले लिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment