Comments Add Comment

आँखा तेजिलो बनाउनु छ ? खानुस् यी चिज:

eyeआजकल धेरै मानिसहरुको गुनासो हुन्छ, किन आँखा बिझाइरहन्छ । वास्तवमा यस्तो हुनुको प्रमुख कारण हाम्रो जिवनशैली नै हो । दिनको ८/१० घण्टा हामी कम्प्युटरको स्त्रिmनमा बिताउँछौँ । यसको नतीजा यो हुन्छ की हाम्रो आँखालाई आराम मिल्दैन । एकातर्फ आँखाले आराम नपाउने, तनाव भैरहने र अर्कोतर्फ आँखालाई पोषण मिल्ने खालका भोजन पनि पर्याप्त मात्रामा नपाउने कारणले गर्दा आँखाको स्वास्थ्यमा असर पर्दछ । आँखालाई स्वस्थ राख्न तथा ज्योति तेजिलो बनाउनका लागि यी खानेकुराहरु नियमित रुपमा खानुहोस्:

· अमला
अमला आँखाको लागि वरदान हो । यसमा भएका तत्वहरु आँखाको ज्योतिलाई तेजिलो बनाउन निकै प्रभावकारी हुन्छ । त्यसैले अमला नियमित रुपमा खानुहोस् । अमला काँचै चपाउने, अचार बनाएर खाने वा जुस बनाएर खाँदा पनि फाइदा पुग्दछ ।

· सुकुमेल 

सुकुमेलले सरीरको तापक्रम सन्तुलित बनाउँछ । यसको नियमित सेवनले आँखलाई ठण्डा राख्न सहयोग गर्दछ र आँखाको ज्योति बढ्दछ ।

· सागपात

आफ्नो भोजनमा हरियो सागसब्जी नियमित रुपमा समावेश गर्नुहोस् । हरियो सागपातमा भिटामिन ए तथा फलाम पर्याप्त मात्रामा रहेको हुन्छ जुन आँखाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

· ओखर 

ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । साथै यसमा पाइने भिटामिन इ पनि आँखाको स्वास्थ्यका लागि जरुरी हुन्छ ।

· गाँजर

आँखालाई स्वस्थ तथा तेजिलो राख्नका लागि गाँजरको जुस नियमित रुपमा पिउने गर्नुस् । गाँजरलाई सलादको रुपमा खाने गर्दा पनि हुन्छ ।

· बदाम

पानीमा भिजाएर राखिएको बदाम नियमित रुपमा खाने गर्नुहोस् । यसले आँखको ज्योति तेजिलो बनाउन सहयोग गर्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment