Comments Add Comment

नेप्सेमा लगानीकर्ताको धर्ना, आइतबारसम्म पहिलो अल्टिमेटम

stock-exchange-6

१३ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रांगणमा बुधवार विहान १०:३० बजेदेखि १२ बजेसम्म लगानीकर्ताहरुले धर्ना दिएका छन् । बिभिन्न ६ बुँदे माग राख्दै नयाँ सेयर लगानीकर्ता संघले आयोजना गरेको धर्ना कार्यक्रममा अन्य लगानीकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।

stock-exchange-4

‘हामीले हाम्रा मागका विषयमा आइतवारसम्ममा नेप्सेका धारणा माग गरेका छौं, त्यसपछि आउने जवाफको आधारमा अन्य कार्यक्रम तय गर्नेछौं,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने ।

stock-exchange-3

संघले विहीवार धितोपत्र बोर्डमा पनि धर्नाको कार्याक्रम तय गरेको अर्यालले जानकारी दिए । संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्ने, गैर आवासीय नेपालीलाई बजारमा प्रवेशको वातावरण बनाउनु पर्ने लगायतका ६ बुँदे माग राखेका हुन् ।

stock-exchange-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment