Comments Add Comment

मन्त्री शाहीसँग बंगलादेशी राजदूतको भेट

jeevan-bahadur-shahi
१४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि बंगलादेशको राजदूत मास्फी विन्ते शाम्सले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्री शाहीको कार्यकक्षमा भएको भेटवार्तामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

सुन्दर हिमाली देश नेपाल पर्यटन उद्योगको हिसाबले महत्वपूर्ण रहेको भन्दै राजदूत शाम्सले नेपालको पर्यटन विकासको लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएकी थिइन् ।

मन्त्री शाहीले नेपालको पर्यटन विकासमा बंगलादेशको सकारात्मक सहयोग रहने अपेक्षा गरेको मन्त्री शाहीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment