Comments Add Comment

बक्सिङमा आर्मी टिम च्याम्पियन

चन्द्रगढी । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ ।

आर्मी पुरुषमा ६ स्वर्ण, ३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण, २ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम रावल, दिपेश लामा, सिलु डंगोल, श्याम खड्काले स्वर्ण जिते ।

वेल्टर ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले एपीएफका विकास लामालाई युरोनोमसका आधारमा पराजित गरे भने लाइट वेल्टर महिला ६०-६४ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितिन् ।

त्यसैगरी पुरुषको मिडलवेट ७६ केजी तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका दिवसलाल भूमिलाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै आर्मीका दिपेश लामाले स्वर्ण जिते । पुरुषकै हेभीवेट ९१केजी तौल समूहमा आर्मीका श्याम खड्काले मध्यमाञ्चलका कविरस शर्मालाई वाकओभरका आधारमा पराजित गरे । दायाँ हात इन्जुरी भएपछि कविरसले खेल त्यागेका थिए ।

महिला मिडलवेट ६९-७५ केजी तौल समूहमा आर्मीकी सिलु डंगोलले मध्यमाञ्चलकी समुना खातुनलाई टेक्निकल नकआउटका आधारमा पराजित गरिन् । पुरुष सुपरवेट ९१ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले मध्यमाञ्चलका मेघ डेनियल लामालाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै
स्वर्ण जिते ।

बिहीबार ३ स्वर्ण जितेको सशस्त्र प्रहरीको एपीएफ क्लव कुल ४ स्वर्णसहित दोस्रो भएको छ । महिलाको वेल्टरवेट ६४-६९ केजी तौल समूहमा एपीएफकी संगीता सुनुवारले नेपाल पुलिसकी अनुराधा लामालाई अंकका आधारमा पराजित गरिन् । बुधबार एक स्वर्ण जितेको मध्यमाञ्चल विकास क्षेत्रले बिहीबार पनि एक स्वर्ण थप्यो ।

पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर बस्नेत बस्नेतले आर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment