+
+
Shares

किन कोही महिलाहरु जीवनभर कुमारी रहन रुचाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते ९:३८

kumari
कतिपय महिलाहरु कुनै यौन सम्पर्क तथा विवाहबिनै जीवनभर एकल रहन चाहन्छन् । तपाइँले कैयन् यस्ता महिलाहरु देख्नुभएको होला । जो कहिल्यै पनि विवाह नगर्ने अडानमा हुन्छन् र गर्दैनन् पनि ।

उनीहरुको कौमार्यको बारेमा यकिन भन्न सकिने कुरा त भएन तर उनीहरुमध्ये धेरैको दाबी चाहीँ आफू कुमारी नै रहेको भन्ने हुन्छ । आखिर महिलाहरु यसरी कुमारी तथा अविवाहित हुनुको कारण के हो त ? के उनीहरुलाई कुनै पनि पुरुष मन पर्दैन ? वा उनीहरुले आफूले मन पराएको मानिस फेला पार्नै सक्दैनन् ?

मनोविज्ञहरुका अनुसार महिलाहरु विवाह नगरी एक्लै बस्न चाहनुको मूल कारण पुरुषहरुले धोका दिन्छन् भन्ने मानसिकता नै हो । पुरुषहरु इमानदार हुँदैनन्, धोका दिन्छन् भन्ने सोचाइका कारण उनीहरु पुरुषसँग वैवाहिक तथा शारीरिक सम्बन्ध बनाउन चाहँदैनन् जसका कारण उनीहरु पछि धोका खाएर रुनु परोस् ।

कोही महिलाहरु प्रेम तथा यौनबाट पनि टाढा रहन्छन् । किनकी धोकेबाज पुरुषहरु सँग सम्बन्ध गाँसेर भविष्यमा रुनुभन्दा विन्दास जिवन बनाउनु निको ठान्छन् उनीहरु । उनीहरु केटा साथी त बनाउँछन् तर
अन्तरंग सम्बन्ध तथा विवाहको बारेमा सोँच्दैनन् । प्रेम सम्बन्ध गाँस्ने झन्झट पनि गर्दैनन् उनीहरु । अनि एक्लै बस्नु उत्तम हुने सोँचाई राख्दछन् ।

उनीहरुले लिभ इन सम्बन्धको बारेमा बुझ्दैनन् । उनीहरु कसैको बन्धन तथा मातहतमा बस्न चाहँदैनन् । आफ्नै शर्तमा जिवन जिउन चाहन्छन् । उनीहरु सम्झौता गर्न चाहन्नन् जिवनको मामिलामा ।kumari001

अरुका कारण आफू बदलिन चाहँदैनन् । कहिलेकाहीँ करिअरलाई धेरै महत्व दिनाले पनि महिलाहरुले प्रेम तथा सम्बन्धका लागि समय निकाल्न सक्दैनन् । उनीहरुको विचार फरक हुन्छ । उनीहरुलाई शारीरिक रुपमा सम्बन्ध गाँस्नु मन पर्दैन र बौद्धिक रुपमा जोडिन चाहन्छन् । कुनै पुरुषसँग लगाव राख्दा पुरुषको माग नै शारीरिक सम्बन्धको रहन्छ भन्ने सोँचाई उनीहरुको हुन्छ । त्यसैले उनीहरु पुरुषसँग सम्बन्धमा गाँसिन चाहन्नन् ।

कतिपय महिलाहरु चाहीँ जिवनमा एक उपयुक्त पुरुषको पर्खाइमा हुन्छन् । तर कुन प्रकारको लाइफ पार्टनर आफूलाई चाहिएको हो भन्ने कुरा चाहीँ उनीहरुलाई नै थाहा हुँदैन । कोही पुरुषले उनीहरुसँग ‘ज्यू हजूरी’ गर्‍यो भने उनीहरु त्यसलाई चाप्लुस ठान्छन् । कोही पुरुषले बराबरीको कुरा गर्यो भने उनीहरुलाई लाग्छ कि त्यसले ठूलो कुरा गर्दैछ ।kumari002

अनि कोही पुरुषले उनीभन्दा धेरै समझदारीको कुरा गर्यो भने महिलाहरु सोँच्छन् कि त्यो पुरुषले आफूमाथि आधिपत्य जमाउँदैछ । जसकारण उनीहरु आफूले खोजेजस्तो पुरुष नै फेला पार्न सक्दैनन् । र, जिवनभर एकल नै रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?