+
+
Shares

२०१६ मा ८ वटा फिल्म सय करोड क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते १४:०५

100-cr-film-in-bollywood
सन् २०१६ मा बलिउडका ८ वटा चलचित्रले सय करोड माथिको व्यापार गरेका छन् । बलिउडमा आजसम्म ३ खान बाहेक अन्य नायकहरुको चलचित्रले २ सय करोडको व्यापार गर्न सकेका छैनन् । यसैले, सय करोड क्लब अझै पनि लोकप्रिय छ ।

यो बर्षको सुरुवातमै नायक अक्षय कुमार अभिनित चलचित्र ‘एयरलिफ्ट’ले सय करोडको कारोवार गर्‍यो । यहि, बर्ष अक्षय अभिनित अन्य २ चलचित्र ‘हाउसफूल ३ र रुस्तम’ले सय करोड क्लबमा आफूलाई उभ्याए ।

यो बर्ष नायक सुशान्त सिंह राजपुतका लागि पनि विशेष रहन पुग्यो । उनी अभिनित चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’ले पनि बक्स अफिसमा सय करोड माथिको व्यापार गर्‍यो । यो चलचित्रको सफलतापछि सुशान्तको क्रेज बलिउडमा बढेको छ ।

नायक सलमान खान त सय करोड क्लबमा सुपरस्टार नै हुन् । उनले अभिनय गरेको चलचित्र ‘सुल्तान’ले सय करोड मात्र कमाएन । यो चलचित्रले ३ सय करोडको आँकडा पनि छुन सफल भयो ।

बक्स अफिसमा तिहारमा रिलिज भएका २ चलचित्रले पनि सय करोडको क्लबमा आफूलाई उभ्याए । नायक रणवीर कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘ए दिल हे मुश्किल’ले सय करोड बढी कमायो । यहि, चलचित्रसँग भिडन्त गर्न आइपुगेको अजय देवगण अभिनित चलचित्र ‘शिवाय’ले पनि सय करोड कमायो ।

बर्षको अन्तिम साता रिलिज भएको नायक आमिर खान अभिनित चलचित्र ‘दंगल’ पनि सय करोड क्लबमा प्रवेश गरिसकेको छ । यो चलचित्रले पनि ३ सय करोडको व्यापार गर्ने देखिएको छ ।

अक्षय कुमार, सलमान खान, आमिर खान, सुशान्त सिंह राजपुत, रणवीर कपुर, अजय देवगणका चलचित्रले बक्स अफिसमा सय करोड कमाउँदा साहरुख खान, ऋतिक रोशन, रणवीर सिंह जस्ता स्टारका चलचित्र यो क्लबबाट टाढा रहन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?