Comments Add Comment

टेलिकमको फोर-जी माघदेखि प्रिपेडमा पनि, कतिको स्पीडमा चल्छ ?

थ्री-जीकै शुल्कमा उपलब्ध

4g-ntc-2
१७ पुस, काठमाडौं । नेपाल टलिकमले आफ्नो मोबाइल डाटा सेवामा चौथो जेनेरेशनको फोर-जी सेवा प्रारम्भ गरेको छ ।

सुरुवातमा टेलिकमले पोखरा र काठमाडौंका जीएसएम पोष्टपेड ग्राहकलाई मात्र सेवा दिन सकिने बताएको छ । यसका लागि नयाँ प्रविधिको यु-सिम भने अनिवार्य आवश्यक पर्ने सेवा शुभारम्भपछि भएकोे पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सुरुवात परीक्षणमा पनि भएकाले प्रिपेड सिम प्रयोगकर्तामाझ पुर्‍याउन नसकिएको सेवा कम्पनीले जनाएको छ ।

माघदेखि प्रिपेडमा पनि

यो सेवालाई अब क्रमैसँग प्रिपेडमा सिम प्रयोगकर्तामाझ पनि पुर्‍याउने टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

आगामी माघ २२ मा हुने वार्षिकउत्सवमा फोर-जीको ब्यवसायिक लञ्चिङ गर्दै पि्रपेडमा पनि विस्तार गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनकाअनुसार माघदेखि टेलिकमका अन्य सिमहरुमा पनि फोर-जी चलाउन सकिनेछ ।

टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको हो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ ।

पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाभित्र भने प्रायः सबै स्थानमा फोर-जी नेटवर्कले काम गर्नेछ ।

स्पीड कति ?

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउनेछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने घोषणा गरेको छ ।

यु-सिममा मात्रै चल्ने

अहिले टेलिकमका झण्डै ३ लाख ५० हजार पोष्ट पेड प्रयोगकर्ताले यो सेवा लिन सक्नेछन् । तीन वर्षअघिकै पोष्टपेड सिम प्रयोग गरिरहेका ग्राहकले टेलिकमबाट यु-सिम लिएर मात्रै यो सेवा प्राप्त गर्न सक्नेछन् । यु-सिम सानो आकारमा उपलब्ध सिम हो ।

पुरानो संरचनाको सिममा यो सेवा उपलब्ध नहुने भएकाले यु-सिम नै लिनुपर्ने प्रवक्ता बैद्यले बताइन् । टेलिकमले ३ वर्षअघिदेखि यु-सिम वितरण थालेको थियो । ३ वर्षभन्दा पुरानो सिममा फोर-जी चल्ने छैन ।

कुन फोनमा चल्दैन !

कम्पनीकाअनुसार फोर-जी सपोर्ट गर्ने प्रायः सबै फोनमा यो सेवा उपलब्ध हुनेछ । यसका लागि १८०० मेगाहर्ज ब्याण्डमा फोर जी सपोर्ट गर्ने फोन भने आवश्यक हुन्छ । कतिपय फोनमा १८०० मेगाहर्ज ब्याण्डमा फोरजी सपोर्ट नभएको पाइएको छ ।

एप्पल आइफोनको ६ र ७ सिरिजमा पनि यो सेवा तत्काल उपलब्ध हुनेछैन । कम्पनीको सेक्युरेटी फिचर्स अन्तरगत लोकेशन इनेबल गर्न बाँकी सेटहरुमा अहिले फोर-जी चल्नेछैन । अाइफोनको ५ सिरज सम्ममा भने चल्छ ।

यसका लागि कम्पनीलाई पत्राचार गरिसकेकाले केही समयमै आइफोनका सबै सिरिजमा फोर-जी चल्नेछन् ।

शुल्क थ्री जीकै
सेवा शुभारम्भको अवसरमा जनवरीभरि सेवा रजिष्टर्ड गर्ने ग्राहकलाई प्रतिदिन १ जिबीका दरले ४ दिनका लागि ४ जिबी निःशुल्क डाटा प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ ।

फोर-जी रजिष्टर्ड गर्न स्टार ४४४ ह्याज डायल गर्नुपर्छ । यदि रजिष्टर्ड हुन नमानेमा टेलिकमबाट नयाँ यु-सिम लिएर सेवा दर्ता गर्न सकिन्छ ।

4g-ntc-5
टेलिकमले फोर-जीको सेवा शुल्क नयाँ तोकेको छैन । थ्री-जीकै शुल्कमा फोर-जी चलाउन पाउने गरी टेलिकमले सेवा विस्तार गरेको हो ।

छिट्टै १५ शहरमा विस्तार

सेवालाई अन्य शहरहरुमा विस्तारका लागि योजना बनिरहेको टेलिकमले जनाएको छ । टेलिकमले केही समयभित्रै देशका १५ वटा नगर तथा उपमहानगरपालिकामा फोर-जी प्रारम्भ गर्ने घोषणा पनि गरेको छ ।

‘हामी देशका प्रमुख नगरहरुमा छिट्टै फोर-जी सेवा पुर्‍याउनेछौं,’ टेलिकमका वायरलेस सेवा निर्देशनालयमा निर्देशक अशोक थापाले भने, ‘ग्राहकले सेवालाई रुचाए भने ब्याण्डविथ थपेर पनि हामी अब फोर-जी लिएर आउने निजी कम्पनीसँग प्रतिस्पर्धाका लागि तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment