Comments Add Comment

सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गर्ने ‘कुलमानका समर्थक’ पक्राउ (भिडियोसहित)

१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

माइतीघरमा जम्मा भएका उनीहरु अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ ।

तस्वीर हेर्नुहोस् 
kulman-samarthak-pakrau-1

kulman-samarthak-pakrau-3 kulman-samarthak-pakrau-4

kulman-samarthak-pakrau-2

kulman-samarthak-pakrau-6

kulman-samarthak-pakrau-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment