Comments Add Comment

बिष्णुभक्तलाई श्रद्धाञ्जली दिन ओलीदेखि रामचन्द्रसम्म प्रज्ञा पुगे(फोटो फिचरसहित)

bishnu-bhakta-fuyal-death-4
मंगलबार बेलुकी नाटकमा अभिनय गर्दा गर्दै निधन भएका रंगकर्मी विष्णुभक्त फुयाँललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि देशका चर्चित नेतादेखि कलाकार प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।

उनको शवलाई काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली पुगेका थिए । उनले फूल अर्पण गर्दै उनलाई अन्तिम श्रद्धाञ्जली दिए । यस्तै, एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल पनि उनलाई श्रद्धाञ्जली दिन पुगेका थिए ।bishnu-bhakta-fuyal-death-8

नेपाल सरकारका मन्त्रीहरुले पनि विष्णुभक्तलाई अन्तिम श्रद्धाञ्जली दिदै सम्मान अर्पण गरेका थिए । सूचना तथा संचारमन्त्री राम कार्की, नागरिक उड्यन तथा संकृती मन्त्री जीवनबहादुर शाही, शहरि विकास मन्त्री अर्जुननर सिंह केसीले उनलाई अन्तिम श्रद्धाञ्जली दिए ।

यस्तै, एमालेका नेता योगेश भट्टराई पनि उनलाई श्रद्धाञ्जली दिन प्रज्ञा पुगेका थिए । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सहित विभिन्न नेताहरु उनलाई श्रद्धाञ्जली दिन पुगे ।
bishnu-bhakta-fuyal-death-1 bishnu-bhakta-fuyal-death-2 bishnu-bhakta-fuyal-death-6 bishnu-bhakta-fuyal-death-7
यस्तै, नेपाली चलचित्र, सांगीतिक तथा नाट्य क्षेत्रका चर्चित कलाकारहरुले फुयाँललाई फुलमाला र खदा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । मंगलबार बेलुकी राष्ट्रिय नाचघरमा ‘महर्षी याज्ञ वैल्क्य’ नामक नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको थियो । राजा जनकको भूमिका उनले निर्वाहा गरिरहेका थिए । कलाकार फुयाँलको अन्तिम इच्छा पनि नाटकमा अभिनय गर्दा गर्दै मर्न पाउँ भन्ने थियो ।

bishnu-bhakta-fuyal-death-17 bishnu-bhakta-fuyal-death-19
bishnu-bhakta-fuyal-death-11 bishnu-bhakta-fuyal-death-12 bishnu-bhakta-fuyal-death-14 bishnu-bhakta-fuyal-death-15 bishnu-bhakta-fuyal-death-16
उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहासंकार गरिएको छ । ७९ बर्षका फुयाँल नेपाली नाट्य कर्ममा ५० भन्दा बढी बर्षदेखि सक्रिय रुपमा लागेका थिए । उनले थुप्रै चलचित्र र टेलिसिरयलमा पनि अभिनय गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा ‘यू आर माई लभ’ थेगोका कारण उनी अझ चर्चित बनेका थिए ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment